धनगढी पोष्ट शुक्रबार, ०७ कार्तिक २०८२   October 24, 2025

कर्णाली याक्सको एनपीएल २०२५ का लागि  नया जर्सी सार्वजनिक

कर्णाली याक्सको एनपीएल २०२५ का लागि  नया जर्सी सार्वजनिक

काठमाडौं । कर्णाली याक्सले  नेपाल प्रिमियर लिग एनपीएल २०२५ का लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा ‘कस्ट्युम अफ याक्स’ भनेर पोस्ट राख्दै कर्णाली याक्सले जर्सी सार्वजनिक गरेको हो ।

कठोर मेहनत, निष्ठा, उत्साह र क्रिकेटप्रतिको अदम्य आत्मालाई समर्पित यो डिजाइन केवल कपडा मात्र नभएर कर्णाली याक्स परिवारप्रति श्रद्धाभाव पनि हो । क्रिकेटमा बाँच्ने र विश्वास गर्ने सबैका लागि यो जर्सी समर्पण र गौरवको प्रतीक हो’ टोलीले भनेको छ ।