धनगढी पोष्ट
शनिबार, ०८ कार्तिक २०८२ मा प्रकाशित
काठमाडौँ । न्युजिल्यान्डका तीव्र बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लागि पनि अनुबन्ध गरेको छ ।
एनपीएल पहिलो संस्करणमा सुदुरपश्चिम रोयल्सबाट नै खेलेका कुइगेइलेनले सुदुरपश्चिमलाई फाइनलमा पुरयाउन उत्कृष्ट बलिङ गरेका थिए ।
गत वर्ष कुइगेइलेन र जनकपुर बोल्ट्सका ललित राजवंशीले सर्वाधिक समान १७ विकेट लिएका थिए ।
स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउने सुदुरपश्चिम रोयल्सले जनाएको छ । कुइगेइलेनको अलराउन्ड क्षमताका छन् ।
३३ वर्षे कुगेलेइनले न्युजिल्यान्डबाट ३ टेस्ट, २ एकदिवसीय अन्तर्राष्ट्रिय र १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।