धनगढी पोष्ट बिहिबार, १७ पुष २०८२   January 1, 2026

अमेरिकाका हर्मित सिंह सुदुरपश्चिम रोयल्सबाट खेल्ने

अमेरिकाका हर्मित सिंह सुदुरपश्चिम रोयल्सबाट खेल्ने

सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि अमेरिकाका स्पीन बलिङ अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ ।

सामाजिक सञ्जाल मार्फत हर्मीतलाई निरन्तरता दिएको सुदुरपश्चिम रोयल्सले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको होे ।

भारतबाट यु १९ विश्वकप जितिसकेका हर्मित  हाल अमेरिकाको सिनियर क्रिकेट टोलीबाट खेल्दै आएका छन् ।

३३ वर्षीय हर्मीतले एनर्पीलको पहिलो सिजमा पनि सुदुरपश्चिम रोयल्सबाट नै खेलेका थिए । पहिलो सिजनमा  ५ खेलमा ८ विकेट लिएका हर्मित सबै भन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी बनेका थिए ।

हर्मीतले  सुदुरपश्चिम रोयल्ससँगको आफ्नो अनुबन्धमा खुशी व्यक्त गरेका छन् । उनले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु । गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्ने छु । समर्थकहरूसँग छिट्टै भेट हुनेछ ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे ।