धनगढी पोष्ट
शनिबार, २२ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । राइजिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग स्कुलले राइजिङ्ग स्टार प्रिमियर लिग अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता २०८२ को आयोजना गर्ने भएको छ । शिक्षा र खेलकुदको सन्तुलित बिकासका लागि बिद्यार्थीहरुमा खेल भावना र प्रतिभा बिकास गर्न लिगको आयोजना गर्न लागिएको हो ।
प्रतियोगिता आगामी मंसिर १८ गतेदेखि सञ्चालन हुनेछ । ‘बिद्यालय स्तरमै खेल प्रतिभाको पहिचान, बिद्यार्थीमा अनुशासन, समुह भावना र नेतृत्व क्षमता अभिबृद्धि गर्ने उदेश्य रहेको छ ।’ राइजिङ्ग स्टार इङ्गलिश बोर्डिङ्ग स्कुलका सञ्चालक कलेन्द्र शाहीले भने ‘त्यसका लागि सानैदेखि खेल भावनमा बिकास गर्न ८ कक्षासम्मका बिद्यार्थीहरुको प्रतियोगिता आयोजना गर्दैछौं ।’
प्रतियोगिताका बिजेताले नगद ५० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै उपविजेताले नगद २५ हजार, मेडल, ट्रफी, प्रतियोगिताका उत्कृष्ट ब्याटर र बलरले २,२ हजार नगद, ट्रफी र मेडल, प्रतियोगिताका उत्कृष्ठ खेलाडीले २ हजार नगद, ट्रफी र मेडल, प्रत्येक खेलका म्यान अफ दी म्याचले आकर्षक ट्रफी पाउनेछन् ।
कृष्ण सामुदायिक बनको खेलमैदानमा सचालन हुने प्रतियोगितामा कैलालीका कक्षा ८ सम्म सँचालित बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहने शाहीले बताए ।