धनगढी पोष्ट आइतबार, २३ कार्तिक २०८२   November 9, 2025

यो टुरका लागि टुर होइन, अर्थपूर्ण संवादको सुरुवात हो : मुख्यमन्त्री शाह

यो टुरका लागि टुर होइन, अर्थपूर्ण संवादको सुरुवात हो :  मुख्यमन्त्री शाह

दार्चुला  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजनीतिक र प्रशासनिक नेतृत्व बीचको सहकार्यले मात्र विकास सम्भव रहेको बताउनु भएको छ ।
आइतबार दार्चुलामा आयोजित दार्चुला जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। "कार्यालय-कार्यालय र निकाय-निकायबीचको समन्वय प्रगाड हुनुपर्छ," मुख्यमन्त्री शाहले भन्नुभयो, "सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि समन्वय र सहकार्य अपरिहार्य छ।"   चुनावताका बेला हामीले जनतालाई गरेका वाचा अनुसार विकास नभएको तितो यथार्थलाई स्विकार्दै तपाईं सबै सच्चिन जरुरी रहेको र जेन्जी आन्दोलनको मर्म यहि हो, मुख्यमन्त्री शाहले भन्नुभयो । "भदौ २३ र २४ गतेको आन्दोलनपछि यो मुलुकमा संविधान, सरकार र व्यवस्था रहँदैन कि भन्ने जुन दुविधा थियो, त्यो दुविधा चिर्नका लागि म सम्पूर्ण क्षेत्रमा उपस्थित भएको हुँ," मुख्यमन्त्री शाहले भन्नुभयो, "यो टुरका लागि टुर होइन, अर्थपूर्ण संवादको सुरुवात हो।"