धनगढी पोष्ट
मङ्गलबार, २५ कार्तिक २०८२ मा प्रकाशित
काठमाडौँ । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बनेका छन् । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।
धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै ३०० सहभागी भएका थिए । जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो ।
हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने छन् । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ ।
जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।
हिक्मत बिट दी स्पिडमा १३१ किलोमीटरको स्पिडमा बलिङ गर्दै पहिलो भए भने अभिषेक १२५ किलोमीटरको स्पिडमा बलिङ गर्दै दोस्रो भएका हुन् ।