धनगढी पोष्ट बुधबार, २६ कार्तिक २०८२   November 12, 2025

राइजिङ स्टार प्रिमियर लिगको मुख्य प्रायोजक  बाल्मिकी इन्टरनेशल स्कुल

राइजिङ स्टार प्रिमियर लिगको मुख्य प्रायोजक  बाल्मिकी इन्टरनेशल स्कुल

धनगढी । राइजिङ स्टार प्रिमियर लिग (आरपीएल) को धनगढी स्थित बाल्मिकी इन्टरनेशनल स्कुलले प्रायोजन गर्ने भएको छ ।  प्रतियोगिताको प्रायोजनका लागि राइजिङ स्टार बोर्डिङ स्कुल र बाल्मिकी इन्टरनेशनल स्कुलबीच मंगलबार सम्झौता भएको छ

राइजिङ स्टारका प्रवन्ध निर्देशक कलेन्द्र शाही र बाल्मिकीका अध्यक्ष दिनेश भण्डारीबीच सम्झौतामा हस्ताक्षर गरेका  छन् ।  बाल्मिकीका अध्यक्ष दिनेश भण्डारीले  गुणस्तयि शिक्षासँगै बिद्यार्थीको बहु प्रतिभाको बिकास गर्ने लक्ष्यका साथ बाल्मिकी अघि बढिरहेको बताउँदै बिद्यार्थीको खेल क्षमता उजागर गर्न प्रतियोगिताको प्रायोजन गरेको बताए ।

राइजिङ स्टारले आगामी मंसिर १८ देखि  ८ कक्षासम्म ध्ययनरत बिद्यार्थीहरुको अन्तर बिद्यालय क्रिकेट प्रतियोगिता संचालन गर्दैछ । प्रतियोगिता टी २० फम्र्याटमा खेलाइनेछ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार सहित ट्रफी र मेडल पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई । दुई हजार प्रदान गरिने छ

प्रतियोगिता धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुने जानकारी दिए । प्रतियोगिताका लागि टिम दर्ता खुलिसकेको छ भने प्रतियोगिता टि २० फर्मेटमा हुने शाहीले जानकारी दिए ।

राइजिङ स्टार धनगढी ६ मटियारीमा रहेको धनगढीकै एक उत्कृष्ट बिद्यालय हो । उक्त बिद्यालयले धनगढी उपमहानगरपालिकाले संचालन गर्ने बिभिन्न प्रतियोगिताहरुको बिजेता बन्दै आइहेको छ ।