धनगढी पोष्ट
बुधबार, २६ कार्तिक २०८२ मा प्रकाशित
धनगढी । बाल्मीकि + २ राइजिङ स्टार प्रिमियर लिग–२०८२ को प्रथम पुरस्कारको प्रायोजन धनगढी स्थित सुदुपश्चिाञ्चल क्याम्पसले गर्ने भएको छ । प्रथम पुरस्कारको प्रायोजनका लागि राइजिङ स्टार बोर्डिङ स्कुल र बाल्मिकी इन्टरनेशनल स्कुलबीच बुधबार सम्झौता भएको छ
राइजिङ स्टारका प्रवन्ध निर्देशक कलेन्द्र शाही र सुदुपश्चिमाञ्ल क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम चौधरीले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेका छन् । सुदुपश्चिमाञ्ल क्याम्पसका क्याम्पस प्रमुख बुद्धिराम चौधरीले ग्रास रुट तहमै क्रिकेटको बिकास गर्नका लागि बाल्मीकि + २ राइजिङ स्टार प्रिमियर लिग–२०८२ को प्रथम पुरस्कारको प्रायोजन गरेको बताए ।
राइजिङ स्टारले आगामी मंसिर १८ देखि ८ कक्षासम्म अध्ययनरत बिद्यार्थीहरुको बाल्मीकि + २ राइजिङ स्टार प्रिमियर लिग–२०८२ संचालन गर्दैछ । प्रतियोगिता टी २० फम्र्याटमा खेलाइनेछ ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार सहित ट्रफी र मेडल पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई । दुई हजार प्रदान गरिने छ
प्रतियोगिता धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा हुनेछ । प्रतियोगिताका लागि टिम दर्ता खुलिसकेको छ ।
राइजिङ स्टार धनगढी ६ मटियारीमा रहेको धनगढीकै एक उत्कृष्ट बिद्यालय हो । उक्त बिद्यालयले धनगढी उपमहानगरपालिकाले संचालन गर्ने बिभिन्न प्रतियोगिताहरुको बिजेता बन्दै आइहेको छ ।