धनगढी पोष्ट शनिबार, २९ कार्तिक २०८२   November 15, 2025
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर

सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको  स्ट्रेन्थ पार्टनर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले सूर्य प्लाइलाई स्ट्रेन्थ पार्टनरको रुपमा निरन्तरता दिएको छ । काठमाडौंमा सम्पन्न सम्झौतामा सरावागी प्लाइवुड इन्डस्ट्रिजका प्रबन्ध निर्देशक देव आनन्द सरावगी र रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरे ।

   सम्झौता पश्चात् रोयल्सका सीईओ प्रकाश खड्काले प्लाइउड क्षेत्रमा अग्रणी रहेको सूर्य प्लाइ नम्बर एक संस्था भएको बताउँदै रोयल्सलाई साथ दिने संस्थालाई समर्थकबाट पनि उत्तिकै साथ मिल्ने विश्वास व्यक्त गरे ।

यस्तै, प्रबन्ध निर्देशक सरावगीले नेपाली खेलकुद विकासका लागि एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्ने र सदा सूर्य प्लाइको साथ रहने प्रतिबद्धता जनाए ।