धनगढी पोष्ट
शुक्रबार, १२ मङि्सर २०८२ मा प्रकाशित
धनगढी । क्वेष्ट नेपाल अन्तर्गत बिद्यार्थी गुणीय चक्र सुदुरपश्चिम हबको सम्मेलन भोलि (शनिबार) धनगढीमा आयोजना हुँदैछ । नन्दीनास एकेडेमीमा आयोजना हुने उक्त सम्मेलनमा कैलाली र कन्चनपुर जिल्लाका १५ बिद्यालयका १ शय २० बिद्यार्थी, २५ शिक्षक र बिभिन्न बिद्यालयका प्रचार्य, प्रिन्सिपल र शिक्षाविदहरुको सहभागिता रहनेछ ।
बिद्यार्थी गुणीय चक्र लिद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने शैक्षिक कार्यक्रम हो । यो कार्यक्रम सन् २००५ देखि देशका विभिन्न शैक्षिक संस्थाहरुमा एक नवीनतम शैक्षिक कार्यक्रमको रुपमा लागु भैरहेको छ । हाल नेपालमा ३० भन्दा बढी हब अन्तर्गत बिभिन्न ३ शय भन्दा बढी बिद्यालयका बिद्यार्थीहरुले यस बिद्यार्थी गुणीय चक्रको कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
सम्मेलनमा बिद्यार्थीहरुले आफनो बिद्यार्थी गुणीय चक्र मार्फत छ महिना लगाएर गरेको वास्तविक घटना, समस्या वा अनुभव सम्वन्धी विस्तृत कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बिद्यार्थी गुणीय चक्र सुदुरपश्चिम हबका दिपक भट्टले बताए ।
नन्दीना एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टले बिद्यार्थी गुणीय चक्रले बिद्यार्थीहरुमा समस्याको बिश्लेषण गरेर समाधानको खोजी गर्ने सीप बिकास गर्ने बताए ।