धनगढी पोष्ट मङ्गलबार, १२ जेठ २०८३   May 26, 2026

एशियन लाइफ इन्स्योरेन्सद्धारा सरस्वती आधारभूत विद्यालयका बिद्यार्थीलाई ब्याग प्रदान

एशियन लाइफ इन्स्योरेन्सद्धारा सरस्वती आधारभूत विद्यालयका बिद्यार्थीलाई ब्याग प्रदान

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले धनगढी–१ मा सञ्चालनमा रहेको सरस्वती आधारभूत विद्यालयका गरिब तथा जेहेन्दार बिद्यार्थीलाई विद्यालय ब्याग वितरण गरेको छ ।

कम्पनीको १८ औँ वार्षिक उत्सवको अवसरमा एशियनले उक्त विद्यालयका गरिब तथा जेहेनदार ३० बिद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग हस्तान्तरण गरेको हो ।

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरि, एशियनका सुदुरपश्चिम प्रदेश प्रमुख गणेश साउदएशियनका धनगढी शाखाका प्रबन्धक केशव प्रसाद उपाध्याय लगायतले सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रम मार्फत कम्पनीले शिक्षा क्षेत्रमा सहयोग र्पुयाउँदै समाजप्रति आफ्नो उत्तरदायित्व निर्वाह गरेको जनाएको छ ।