धनगढी पोष्ट
शनिबार, २८ चैत २०८२ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना (२०८३।०८४ –२०८७।०८८) को मस्यौदामाथि शनिबार धनगढीमा प्रदेश सभाका सदस्यसँग सुझाव संकलन गरेको छ ।
प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको छलफल कार्यक्रममन मस्यौदाले प्रदेशवासीको गुणस्तरीय जीवन सुनिश्चित लक्ष्य लिएको सुदुरपश्चिम प्रदेश सरकराले जनाएको छ ।
प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा माथि उत्पादन र उत्पादकत्व वृद्धि, गरिवी निवारण, रोजगारी र आयस्तरमा सुधार गर्नु, गुणस्तरीय, सहज र दिगो पुर्वाधार विकास गर्नु, स्वस्थ, सक्षम, सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु, जलवायु अनुकुलन, जैविक विविधताको संरक्षण, संवद्र्धन र प्राकृतिक स्रोतको दिगो उपयोग गर्नु, सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउनु, विपद् जोखिम न्यूनीकरण गर्नु र प्रविधिमैत्री प्रदेशको विकास गर्नु गुणस्तरीय जीवनको उद्देश्य रहेको छ ।
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामा कृषि, पर्यटन, उद्योग र ऊर्ज केन्दित मुल्यश्रृङ्खला विकास, लगानी प्रवद्र्धन र उद्यमशीलता विकास मार्फत रोजगारी सिर्जना र दिगो आर्थिक वृद्धि हासिल गर्ने, भौगोलिक सन्तुलन सहित यातायात, ऊर्जा, सिंचाइ, खानेपानी, डिजिटल तथा शहरी ग्रामीण पुर्वाधार विकास गर्दै हरित र विपद् उत्थानशील विकासलाई प्राथमिकता दिने, गुणस्तरीय स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र रोजगारीमा समान पहुँच सुनिश्चित गर्दै मानव क्षमताको समन विकास गर्ने, समुदायमा आधारित, पारिस्थितिक प्रणालीमैत्री र जलवायु उत्थानशील प्राकृतिक स्रोत व्यवस्थापन प्रणाली विकास गरी जैविक विविधताको संरक्षण, संवद्र्धन तथा प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने, सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित, पारदर्शी, परिणाममुखी बनाउदै संस्थामत क्षमता सुहक गरी सुशासन प्रवद्र्धन गर्ने र जोखिम पहिचान, पुर्व तयारी, सुरक्षित पूर्वाधार विकास, प्राकृतिक स्रोत संरक्षण तथा संस्थागत क्षमता सुदृढीकरण मार्फत एकीकृत विपद् जोखिम न्यूनीकरण प्रणाली विकास गर्ने योजनाको समष्टिगत रणनीतिलाई समेटिएको छ ।
त्यसैगरी दोस्रो पञ्चवर्षीय योजनामा कृषि तथा पशुपालन, पर्यटन विकास, उद्योग तथा उद्यमशीलता, सामाजिक विकास, दिगो पुर्वाधार विकास, जलश्रोत तथा उर्जा, सुशासन तथा संस्थागत क्षमता विकास, सूचना तथा संचार प्रविधिको विकास, वन वातावरण र पर्यावरण प्राथमिकताका क्षेत्रहरू समाविष्ट गरिएका छन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा सरकारलाई प्रदेश सभा सदस्यहरुले रचनात्मक सुझाव दिएका छन् । सदस्यहरुले प्रदेशको लगानी उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने, आर्थिक वृद्धि दर हासिल गर्न अपेक्षा अनुरुप संघीय तथा प्रदेशको आर्थिक परिचालन गर्नुपर्ने, प्राथमिकता निर्धारण भए अनुसार बजेट विनियोजन गर्नुपर्ने, प्रदेश गौरवका योजनाहरू सन्तोषजनक रुपमा कार्यान्वयन गर्नुपर्ने, आवधिक योजनाका लक्ष्य अनुरूप क्षेत्रगत योजना र कार्यक्रमहरूलाई प्राथमिकता दिइ बजेट विनियोजन गर्नुपर्ने लगायतका सुक्षाब दिएका थिए ।
प्रदेशका प्रमुख सचिब बैकुण्ठ अर्यालले मस्यौदाको प्रस्तुतीकरण गरेका थिए भने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कार्यकमको उद्देश्य माथि प्रकाश पारेकी थिइन् ।
सबैको भ्रमण आदेश सार्वजनिक गर्न मुख्यमन्त्रिको निर्देशन
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका सबै मन्त्री, सांसद तथा कर्मचारीहरूको भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
धनगढीमा आयोजित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि प्रदेश सभा सदस्यहरूको सुझाव संकलन गर्ने क्रममा मुख्यमन्त्री शाहले प्रमुख सचिव बैकुण्ठ अर्याललाई पारदर्शिता कायम गर्न भ्रमण आदेश सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहले प्रदेशको समग्र विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । साथै मुख्यमन्त्री शाहले स्वास्थ्य क्षेत्रमा पालिकास्तरमा निर्माण भएका ठूला संरचनाहरू स्थानीय स्रोत र साधनबाट सञ्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउन ती संरचनाहरू सञ्चालनमा ल्याउन सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।