डोटेली भाषाको गीति एल्बम “हिरोईन मिनाकुमारी” को छायांकन सम्पन्न

सुदूरपश्चिम प्रदेशका प्रथम नायक अम्बिका प्रसाद आचार्यको दमदार अभिनयले एल्बमलाई अझ विशेष बनाएको छ।

डोटेली भाषाको गीति एल्बम “हिरोईन मिनाकुमारी” को छायांकन सम्पन्न

ए.एस. उडान फिल्म प्रोडक्सनको ब्यानरमा सिमा आचार्यको प्रस्तुतिमा निर्माण गरिएको सुदूरपश्चिमकै पहिलो डोटेली भाषाको गीति एल्बम “हिरोईन मिनाकुमारी” को छायांकन सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेशका विभिन्न रमणीय तथा पर्यटकीय स्थलहरूमा छायांकन गरिएको उक्त गीति एल्बममा मोडलका रूपमा केशब भाट र मनिषा सिंह ठकुरी को आकर्षक जोडी देख्न पाइनेछ । साथै, सुदूरपश्चिम प्रदेशका प्रथम नायक अम्बिका प्रसाद आचार्यको दमदार अभिनयले एल्बमलाई अझ विशेष बनाएको छ ।

यस गीति एल्बम मार्फत नयाँ कलाकारहरू चुडामणि जोशी र मोहन प्रसाद भुसाल ले समेत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्

त्यसैगरी, म्यानेजिङ डाइरेक्टर तथा नयाँ स्टोरी कन्सेप्टमा अम्बिका प्रसाद आचार्य, गायक दिल ब. बि. क., गायिका सन्चिता नेपाली, स्टोरी, निर्देशन तथा कोरियोग्राफीमा केशब भाट, क्यामेराम्यान अनिल चौधरी, लाइट्सम्यान अनिक चौधरी तथा अन्य सहयोगी केशव राज जोशी रहनुभएको छ

बहुप्रतिक्षित डोटेली गीति एल्बम “हिरोईन मिनाकुमारी” चाँडै नै दर्शकमाझ सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।