धनगढी पोष्ट सोमबार, ०१ असार २०८३   June 15, 2026

नयाँ ओमोडा ई फाइभ प्रो धनगढीमा सार्वजनिक

नेपालमा लन्च  भएदेखि नै ओमोडा ई फाइभ आप्mनो फयुचरिष्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउण्ड क्लिरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबै भन्दा  लोकप्रिय इलेक्ट्रिक एसयुभी मध्य एक बन्न सफल भएको  नवदुर्गा टेक्नोलोजीले जनाएको छ ।

नयाँ ओमोडा ई फाइभ प्रो धनगढीमा सार्वजनिक

धनगढी ।  ओमोडको आधिकारी बितरक नवदुर्गा टेक्नोलोजी प्रा. लि धनगढीले बजारमा बहुप्रतिक्षित ओमोडा ई फाइभ प्रो सार्वजनिक गरेको छ । नेपालमा पहिले नै  १ हजार ५ शय भन्दा बढी युनिट सडकमाभ गुडिसकेको ओमोडा इ फाइभको उत्कृष्ट सफलतालाई निरन्तरता दिंदै इ फाइभ प्रो अझ उन्नत प्रविधि, पिमियम फिचर  र अत्याधु्रनिक ड्राइभिङ्ग    सहित आएको हो ।

नेपालमा लन्च  भएदेखि नै ओमोडा ई फाइभ आप्mनो फयुचरिष्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउण्ड क्लिरेन्स र आधुनिक प्रविधिका कारण देशकै सबै भन्दा  लोकप्रिय इलेक्ट्रिक एसयुभी मध्य एक बन्न सफल भएको  नवदुर्गा टेक्नोलोजीले जनाएको छ ।

सार्वजनिक गरिएको बेलामा कम्पनीले बिशेष अफर अन्तर्गत आईकार भी २३ लाई प्रि–बजेट मुल्य ५० लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ ।

हालै सार्वजनिक भएको राष्ट्रिय बजेटपछि कर तथा राजस्व संरचनामा गरिएको संशोधनका कारण आईकार भी २३ को आधिकारिक बिक्री मुल्य ५३ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । तर ग्राहकहरूको उच्च रुचि र विश्वासप्रति सम्मान व्यक्त गर्दै कम्पनीले सीमित स्टकका लागि पुरानै मुल्यमा गाडी उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।

कम्पनीका अनुसार यस अफरबाट ग्राहकहरूले प्रत्यक्ष रूपमा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । सीमित स्टक समाप्त भएपछि भने नयाँ बुकिङ तथा डेलिभरीहरू संशोधित मुल्य ५३ लाख ९९ हजार रुपैयाँ हुनेछ ।

आकर्षक डिजाइन, आधुनिक फिचर र उत्कृष्ट प्रदर्शनका कारण आईकार भी२३ नेपाली ईभी पारखीहरूको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी छ। कम्पनीले यस विशेष अफरको लाभ लिन इच्छुक ग्राहकहरूलाई देशभर रहेका नजिकका आईकार शोरुम तथा आधिकारिक डिलरशिपमा समयमै सम्पर्क गर्न आग्रह गरेको छ । 

नेपालका लागि आईकार भी२३ विद्युतीय एसयूभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि रहको छ । नवदुर्गा टेक्नोलोजी प्रा. लि ओमोडा र जेकाको आधिकारिक बिक्रेता हो ।