धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024

नास्टले पायो क्युएए

नास्टले पायो क्युएए

धनगढी  । पोखरा बिश्वबिद्यालयबाट सम्वन्धन प्राप्त धनगढी नास्ट कलेजले बिश्वबिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायान (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

बुधबार काठमाडौंमा एक समारोहमा बिश्व विद्यालय अनुदान आयोगले नास्टलाई गुणस्तरीय सुनिश्चीतता प्रत्यायान

(क्यूएए) प्रमाणपत्र प्रदान गरेको हो । समारोहमा बिश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डाक्टर भीम प्रशाद सुवेदीले नास्ट कलेजका क्याम्पस प्रमुख शिवशरि मुडभरि सहितको टीमलाई संयुक्त रुपमा क्यूएएको प्रमाणपत्र हस्तान्तरण गरे ।

नास्ट कलेजका क्याम्पस प्रमुख शिवशरि मुडभरिले नास्ट देशमै क्यूएए पाउने ८२ औं क्याम्पस भएकोे बताए ।

बिश्वबिद्यालय अनुदान आयोगले तोकेका  शैक्षिक गुणस्तरका  मापदण्डहरु पुरा गरेपछि नास्टले क्युएए प्राप्त गरेको हो ।

प्रमुख मुडभरिले भने ‘क्युएएको मान्यता बिश्वका सबै ठाउँमा हुन्छ । नास्टले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको यसले पुष्टि हुन्छ ।

समकक्षी पुनरावलोकन समुह (पि.आर.टी.) ले  नास्टको गुणस्तरीय सुनिश्चीतता प्रत्यायान (क्यूएए) सम्वन्धी अन्तिम प्रतिवेदन केही समय अघि सार्वजनिक गरेको   थियो ।

बिश्वबिद्यालय अनुदान आयोगले नेपालका उच्च शैक्षिक संस्थामा गुणस्तर कायम र सुधार प्रक्रिया गराई गुणस्तरको प्रमाणपत्र प्रदान गर्न सहजीकरण गर्दै आएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा सम्बन्धी गुणस्तरको मापदण्ड पूरा गरी उच्चशिक्षा प्रदान गर्ने सरकारी, सार्वजनिक वा निजी विश्वविद्यालय, क्याम्पसलाई अनुदान आयोगले क्यूएए प्रदान गर्दै आएको छ ।