धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

सर्वोच्च अदालतद्धारा  सुदूरपश्चिम सरकार विरुद्ध परेको रिटमा अन्तरिम आदेश भएन

सर्वोच्च अदालतद्धारा  सुदूरपश्चिम सरकार विरुद्ध परेको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । सवोच्च अदालतले लक्ष्मण किशोर चौधरीले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

साथै रिटलाई अग्रताधिकार दिएर २३ वैशाखका लागि पेशी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले  नागरिक उन्मुक्ति पार्टीका  प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले दायर गरेको रिटमा प्रारम्भकि सुनवाई गर्दै   अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले एकीकृत समाजवादीका दीर्घ सोडरीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय सहित कागजातको सक्कल प्रति समेत राखेर लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश दिएको छ ।