धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024
लकडाउनमा पसल संचालन

लकडाउन उल्लंघन गरेको आरोपमा व्यवसायी पक्राउ

लकडाउन उल्लंघन गरेको आरोपमा व्यवसायी पक्राउ

कैलाली-

       धनगढीमा लकडाउन उल्लंघन गरेको भन्दै व्यापारी पक्राउ परेका छन् । अति आवश्यक बाहेकका पसलहरु समेत खोलेपछि केही व्यापारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक (एसपी ) अनुपम शमशेर जवराले जानकारी दिए।

       पक्राउ गरेर ५ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याईएकोमा उनीहरुलाई अहिले सम्झाई बुझाई छोडिएको एसपी जवराले बताए। पक्राउ गरेपछि व्यापारीहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए। स्थानीय प्रशासनले कसैलाई खोल्न दिने र कसैलाई खोल्न नदिने गरेर व्यापारीहरुमाथि विभेद गरेको भन्दै प्रदर्शन हन्।

      हिजो एकै दिन १४ जना कैलालीमा कोरोना संक्रमण देखिएपछि आज बजारमा सञ्चालन गरेका अटो समेत प्रहरी नियन्त्रणमा लिएको छ