धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026
कोरोना कहर

नेपालमा एकै दिन थपिए ५८६ संक्रमित

नेपालमा एकै दिन थपिए ५८६ संक्रमित

काठमाडौँ

    नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए ।

    आज ४० जना महिला र ५ सय ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको  छ । उनीहरु मध्ये ५ सय ३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष रहेका छन् ।