धनगढी पोष्ट मङ्गलबार, २० जेठ २०८२   June 3, 2025

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३२ जनामा कोरोना पुष्टि

धनगढी

     सुदूरपश्चिम प्रदेशमा आज थप  ३२ जनामा कोरोना पुष्टि भएको    छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको   हो ।

   आज थप पुष्टि भएकामा कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुई÷दुई जना रहेका छन् ।  कैलालीमा आज थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टाइनमा रहेका छन् भने  दुई जना मोहन्या विश्व माविको क्वारेन्टिनमा रहेका छन् ।

    डोटीका ५ जना संक्रमित दिपायल सिलगढी नगरपालिका हुन् । यसैगरी अछाममा आज कोरोना पुष्टी भएका मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन् ।

     यसैगरी बझाङको थलारा गाउपालिकाकी ३ की १० बर्षीय किशोरी र खप्तडछान्ना ३  का ७० बर्षीय पुरुषमा आज कोरोना पुष्टि भएको छ । कञ्चनपुरमा शुक्लाफाँटा नगरपालिका १ र ९ का दुई जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ ।