धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026
सेतीको प्रयोगशालाबाट १२ जनामा कोरोना पुष्टी

सुदूरपश्चिममा आज १८ संक्रमित थपिए

धनगढी

   धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

   यस अघि राष्ट्रिय प्रयोगशालामा गरिएको परिक्षणमा ६ जनामा पुष्टी भएको हो । यो संगै २४ घण्टामा सुदूरपश्चिममा १८ जनाका कोरोना संक्रमण पुष्टी भएको छ ।

    २४ घण्टामा गरिएको परिक्षण अनुसार डडेलधुराको परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एक जना रहेका छन् भने सेती प्रादेशिकबाट थपिएका हरुमा बडिकेदार डोटीका ४, पुनरर्वास नगरपालिका कंचनपुरका १, गोदावरी नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ र बर्दगोरियाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले   बताए ।