धनगढी पोष्ट
शुक्रबार, ०१ जेठ २०७८ मा प्रकाशित
होम क्वारेन्टिन बस्ने प्रचलन अहिले बढी छ । यो एउटा राम्रो पक्ष पनि हो । शायद पहिलेको कोरोनाले सिकाएको पाठ पनि होला । होम क्वारन्टाइन बसेको बेलामा केही अप्ठेरो भएमा नजीकैको मेडिकलमा गएर रोकथामका औषधी खाने क्रम छ । यसो गर्दा लक्षण कम भएपछि मलाई सन्चो भयो कि भन्ने भान हुछ । तर अचानक बिरामले च्यापेर अस्पताल आउदाखेखि निमोनियाले भेटिसकेको हुन्छ ।
होम क्वारेन्टाइनमा बस्नेहरुले केही समस्या परेमा सिधै अस्पताल पुगेर बिशेषज्ञको सेवा लिनु पर्छ । होम क्वारेन्टाइनमा बसेको बेला ज्वरो, टाइफाइड वा यो त्यो भनेर औषधी खाएपछि उपचार गर्न हामीले पाउने चार पाँच दिन बितिसक्छ । त्यसैले होम क्वारेन्टाइन टु हस्पिटल भन्ने सिस्टम बनाउनु पर्छ । होम क्वारेन्टाइन टु मेडिकल होइन । फेसबुकमा देखेका औषधी खाने जमाना छ । त्यसलाई हटाउनु पर्छ । अस्पताल पुग्यो भने एउटा साधारण एक्सरे गरेर पनि धेरै थाहा हुन्छ । कोरोनाका बिरामीहरु अस्पतालमा ढिलो आएर डाइग्नोसि मिस भएर पनि धेरै क्षति भएको छ । ढिलो पुग्दा धेरै जटिल बनिसकेको हुन्छ ।
अहिले कोरोना जटिल हुने अधिकतम केसहरु कोभिड निमोनिया नै हो । कोभिड निमोनिया यति खराब भएर आउछ कि बिरामीहरु अस्पताल आउदाखेरि नै ३० प्रतिशत फोक्सो मात्र बाकी भएर आउनु हुन्छ । यो मात्रा धेरै कम हो । त्यसैले पीएचसीहरुमा पनि अक्सिजनको व्यवस्था हुने हो भने धेरै जसो बिरामीहरुलाई उपचार गर्न सकिन्छ ।
यस्तो बेलामा अक्सिजन सहज नभएर पनि क्षति हुनमा केही मलजल गरेको छ । अहिले अक्सिजनको पनि सर्वत्र हाहाकारै छ । आवश्यक मात्रामा अक्सिजन दिन सकेको भए कतिपय कम्प्लिेकेसनहरु अभ्वाइड गर्न सकिने अवस्था पनि हुन्थ्यो ।
अहिलेसम्म देखा परेको कोभिडको औषधी भनेको अक्सिजन थेरापी हो र इन्जेक्सनमा स्टेराइड हो । बाँकी सबैले त केही मात्रामा काम गरेको देखिन्छ । ती भनेका सपोर्टिभ थेरापी मात्र हुन् । त्यसैले होम क्वारेन्टाइनमा केही अप्ठेरो हुने बित्तिकै सिधै अस्पताल पुगेर बिशेषज्ञको सेवा लिने हो भने क्षति कम गर्न सकिन्छ ।
(कुराकानीमा आधारित )