धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
असारे बिकासको चटारो

चैत र बैशाख महिना भन्दा असारको  १७ दिनमा बढी खर्च

धनगढी

 सुदुरपश्चिम प्रदेश सरकारले असारको १७ दिनमा कुल पुँजीगत खर्चको छ प्रतिशत खर्च गरेको छ । आर्थिक बर्ष सकिनै लाग्दा  बढेको खर्चको गतिले १७ दिनमा  प्रदेश सरकारले ८४ करोड ६४ लाख ९ सय १५ रुपैया ८४ पैसा खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय सुदुरपश्चिम धनगढीले  जनाएको छ । ।

 चालु आर्थिक बर्षका ११ महिना (साउनदेखि जेठसम्म) मा प्रदेशमा २८ दशमलब ३० प्रतिशत मात्र खर्च भएकोमा  असारका १७ दिनमा  खर्च अत्यधिक बढेको हो । असार १७ सम्म पुँजीगत खर्च बढेर  ३४ दशमलब ४५ प्रतिशत पुगेको छ ।

 चैत र बैशाख महिनामा जम्मा ३९ करोड ८८ खाल ३३ हजार ९ सय १२ रुपैंया ५५ पैशा खर्च गरेको प्रदेश सरकारले असारको १७ गतेसम्म मात्रै दुई महिनाको भन्दा दुई गुण बढी खर्च गरेको छ ।  बैशाखसम्म प्रदेशको पूजिगत खर्च २० प्रतिशत मात्रै रहेकोमा असार १७ गते सम्म आईपुग्दा ३४ दशमलव ५५ प्रतिशत भएको प्रदेश लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख बासुदेव जोशीले बताए ।

  प्रदेश लेखा नियन्त्राण कार्यालय धनगढीका अनुसार जेठ मसान्तसम्म प्रदेशको कुल पूजिगत खर्च ३ अरब ८१ करोड १४ लाख ९२ हजार १ सय ३० रुपैया ९८ पैशा रहेको थियो । असार महिनामा सो खर्च बढेर ४ अरब ६५ करोड १५ लाख ५७ हजार ४६ रुपैया ८२ पैसा पुगेको छ ।

    जेठ महिनामा प्रदेशको १ अरब ८ करोड ८१ लाख ९१ हजार दुई सय ६१ दशमलव ७ पैशा खर्च भएको छ । तर बैशाख महिनाको खर्च जम्मा २२ करोड १५ लाख ७१ हजार ८ सय ८६ रुपैयाँ ४५ पैशा रहेको थियो । प्रदेश सरकारले चैत महिनामा १७ करोड ७२ लाख ६२ हजार ३५ रुपैंया मात्रै खर्च गरेको थियो । चैत र बैशाख महिनामा भएको खर्च भन्दा असारको १७ दिनमा निकै बढी खर्च भएको छ ।

 चालु आर्थिक बर्षका लागि कूल २८ अर्ब १६ करोड २० लाख ३५ हजारमा हालसम्म १० अर्ब १४ करोड १४ लाख (३६ प्रतिशत) मात्र खर्च भएको छ ।