धनगढी पोष्ट
सोमबार, २२ असार २०७७ मा प्रकाशित
धनगढी
सुदुरपश्चिम प्रदेश सभाको सोमबार दिउसो आवहान गरिएको बैठक सुचना टासेर स्थगित गरिएको छ । बैठक दिउँसो ३ बजे आव्हान गरिएको थियो ।
सभामुख अर्जुनबहादुर थापाले सरकार र प्रतिपक्षबीच सहमति नभैसकेकोले बैठक स्थगित गरिएको बताए ।
प्रतिपक्ष नेपाली काँग्रेस र जनता समाजवादीको बिरोधका बीचमा नै आइतबार प्रदेश सभाको बैठकमा बजेटमाथिको छलफल अघि बढाउने निर्णय गरिएको थियो