धनगढी पोष्ट
मङ्गलबार, २७ जेठ २०७७ मा प्रकाशित
धनगढी
धनगढीमा संचालित निसर्ग हस्पिटल प्रस्तुती सेवाका लागि अधिकांसको रोजाईमा पर्न थालेको छ । पछिल्लो एक सातामा मात्र दुई महिलाले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा शल्यक्रिया मार्फत तिम्ल्याहा बच्चाको जन्म दिएकी छन् ।
यस अघि पनि दर्जर्नौ जुम्ल्याहा बच्चा सफलतापुर्वक निसर्गमा जन्मीए संगै तिम्ल्याहा बच्चाहरु सफलतापुर्बक जन्मेपछि झन निसर्ग अस्पतालप्रति प्रसुती सेवामा बिश्वास बढ्दै गएको छ । स्वास्थ्य उपकरणहरु र अन्य सुबिधा राम्रो भएकाले पनि प्रसुतीका लागि निसर्ग रोज्ने गरेको सेवा लिएका महिलाहरु बताउँछन ।
निसर्ग अस्पतालमा सोमबार मात्र कैलालीको कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीले दुई छोरी र एक छोरालाई जन्म दिएकी छन् । उनले शल्यक्रिया मार्फत तीन सन्तानलाई जन्माएकी हुन । उनको पहिलो शिशु (छोरी) को तौल २ हजार ग्राम, दोस्रो (छोरा) को २१ सय ग्राम र तेस्रो (छोरी) को तौल १७ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।महिलाका श्रीमान राजेन्द्र चौधरीले तीन वटै शिशुको अवस्था ठिक भएको बताए । उनले पहिलो सन्तानको रुपमा तीन शिशुको जन्म भएको बताए।
निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले चौधरीको शल्यक्रिया गरेका थिए । महिलाका श्रीमान राजेन्द्र चौधरीले तीन वटै शिशुको अवस्था ठिक भएको बताए ।
यस्तै बझाङ झोताकी २७ वर्षीया भगवती विष्टले पनि केही दिन अघि मात्र निसर्गमा तीन शिशु (छोरा) लाई जन्म दिएकी थिईन ।
शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ । उनका पहिलो शिशुको तौल २ किलो २ सय ग्राम, दोस्रोको २ किलो २ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ग्राम रहेको थियो । उनको पनि निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्वा अन्सारीको टिमले नै शल्यक्रिया गरेका थिए ।
स्थापना भएको झन्डै २ वर्षको अवधिमा निसर्ग अस्पतालमा धेरै जुम्ल्याहा र तिम्ल्याहा वालवालिका सफलता पूर्वक शल्यक्रिया मार्फत जन्मिएका निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले बताए । उनले अस्पतालले अन्य स्वास्थ्य सेवामा पनि बिरामीलाई सहुलियतपुर्ण तरिकाले उपचार गरिरहेको बताए ।
यसअघि गत फागुन २९ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की २५ बर्षीय सजनदेवी डगौराले समेत निसर्ग हस्पिटलमा २ छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । तीनै बच्चा र आमा स्वस्थ रहेका थिए । जन्मेका मध्य एक छोराको तौल २६ शय ग्राम, अर्को छोराको तौल २३ शय ग्राम र छोरीको तौल २१ शय ग्राम रहेको थियो ।