धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार ४४

धनगढी

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ८ जना थपिए  संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ४४ पुगेको छ । सुदूरपपिश्चममा हाल सम्म ८ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ ।

   संक्रमित हुनेमा ९ सय ५१ महिला र तीन हजार ९३ पुरुष रहेका  छन् । हाल सम्म संक्रमित भएका मध्य ६ जनाको प्रदेशकै विभिन्न स्थानमा मृत्यु भएको थियो भने दुई जनाको प्रदेश बाहिर मृत्यु भएको प्रदेश सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेशका कुल संक्रमित मध्य हाल सम्म सुदूरपश्चिम प्रदेशबाट दुई हजार दुई सय ९६ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

   सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार सुदूरपश्चिममा सवै भन्दा बढी संक्रमित कैलालीमा रहेका छन् । कैलालीमा हाल सम्म १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको उनले बताए । यसै गरी दोश्रो बढी संक्रमित भएको जिल्ला अछाममा ६ सय ३७, डोटीमा ५ सय  ९२, कञ्चनपुरमा ५ सय १२, बाजुरामा ४ सय ४६, बैतडीमा ३ सय, डडेलधुरामा २ सय ९१, बझाङमा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्ला मध्य दार्चुलामा सवैभन्दा कम २० जनामा कोरोना संक्रमण पुष्टी भएको महाँशाखा प्रमुख कार्कीले बताए । हाल सुदूरपपिश्चममा टिकापुर अस्पतालमा २३, महाकाली अस्पतालमा १८, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटीमा २ र मालाखेती अस्पतालको आइसुलेसनमा बसेर ३ जनाको उपचार भइरहेको छ ।

 सुदूरपश्चिमको सवैभन्दा बढी आइसोलेसन क्षमता भएको सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भने एक साता देखी  बिरामी बसेका छैनन् ।  पछिल्लो ११ दिनेको अवधीमा सुदूरपश्चिमको बैतडी र दार्चुलामा नयाँ संक्रमित फेला परेका छैनन् । बैतडीमा रहेका ३ सय संक्रमित र दार्चुलामा रहेका २० जना संक्रमित संक्रमण मुक्त भएर घर समेत फर्किसकेका छन् । दुई वटै जिल्लामा रहेका सवै संक्रमित घर फर्केपछि ती जिल्लाला अहिले कोरोनाका शुन्य संक्रमित भएका जिल्ला बनेका  छन् । 

  सुदूरपश्चिममा हाल सम्म ३४ हजार १ सय ६२ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा ३० हजार ४ सय ६९ जनाको स्वावको नमूना परिक्षण गरिएकोमा २६ हजार ४ सय ५२ को रिपोट नेगेटिभ आएको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । विभिन्न जिललाबाट संकलन गरिएको तीन हजार तीन सय ९३ जनाको स्वावको रिपोर्ट आउन भने अझै बाँकी रहेको उनले बताए । सुदूरपशिचममा पिसिआर र आरडिटी गरी एक लाख ५३ हजार ७ सय १५ जनाको स्वास्थय परिक्षण गरिएको जनाइएको   छ ।