धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

अछामका १४ सहित सुदूरपश्चिममा आज १७ संक्रमित थपिए

अछामका १४ सहित सुदूरपश्चिममा आज १७ संक्रमित थपिए

धनगढी

  धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

 सेती प्रादेशिक अस्पतालले जारी गरेको प्रेश बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा तीन सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको हो ।

  आज थपिएका मध्ये  अछामको पञ्चदेवल विनायकका एक महिला र १३ पुरुष गरी १४ जना, बाजुराको खप्तड छेडेदह १ का दुई महिला र  वडा नम्बर ६ का ११ वर्षीय बालक रहेको बिज्ञप्तीमा उल्लेख छ ।