धनगढी पोष्ट बुधबार, ०३ असार २०८३   June 17, 2026
कोरोना कहर

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

धनगढी

  सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको    छ । आज थप १० जनामा देखिए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्राितको संख्या १ सय ५८ पुगेको हो ।

   आज धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार आज पुष्टि भएकामा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । कैलालीमा आज  थपिएकामा टीकापुर नगरपालिका २३, २४, ३६ र ४० बर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ बर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ बर्षीय युवकमा रहेका छन ।