धनगढी पोष्ट
बुधबार, २८ जेठ २०७७ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ । आज थपिएकामा कैलालीका ५ र कंचनपुरको एक जना रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार कैलालीको टीकापुर नगरपालिका १९, २३, २५, २६ र ३५ बर्षीय पुरुष र कञ्चनपुरको बेलौरीका २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज ६ जना थपिए संगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या एक सय ६४ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका ६० जना, कञ्चनपुरमा ३४, अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।