धनगढी पोष्ट
बुधबार, २८ जेठ २०७७ मा प्रकाशित
सुदूरपश्चिम प्रदेशमा बुधबार सम्म ७ हजार ८ सय १४ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ ।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार सम्म ७ हजार ८ सय १४ को पिसिआर बिधिबाट परिक्षण गरिएकोमा १ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा पुरुष १ सय ३९ र महिला २२ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका नौ वटै जिल्लामा पिसिआर बिधिबाट ९ हजार ४ सय ८२ जनाको कोभिड १९ को नमुना संकलन गरिएकोमा १ हजार ४ सय ५९ नमुनाको नतिजा आउन वाँकी रहेको छ ।
यसैगरी बुधबार सम्म आरडिटी टेष्ट ४८ हजार २ सय २० जनाको गरिएको छ । ति मध्य ४६ हजार १ सय १३ को नतिजा नेगेटिभ र १ हजार ४ सय ५९ जनाको आरडिटि पोजेटिभ आएको मन्त्रालय ले जानकारी दिएको छ ।