धनगढी पोष्ट बुधबार, २६ बैशाख २०८१   May 8, 2024
ऐश्वर्य  बहुमुखी क्याम्पसको १८ औं वार्षिकोत्सव

ऐश्वर्य उत्कृष्ट शैक्षिक संस्था : अधिकारी

ऐश्वर्य उत्कृष्ट शैक्षिक संस्था  : अधिकारी

धनगढी । क्युएए प्राप्त ऐश्व्र्य बहुमुखी क्याम्पसको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख  अतिथि बिश्वबिद्यालय अनुदान आयोगका अध्यक्ष  पा. डा. देवराज अधिकारीले ऐश्वर्य बहुमुखी क्याम्पस नेपालकै  एक अब्बल क्याम्पसको रुपमा स्थापित भैरहेको बताए ।

ऐश्वर्य क्याम्पसले छोटो समयमा गरेको भौतिक र शैक्षिक प्रगति निकै राम्रो रहेको उल्लेख गर्दै अधिकारीले युजिसीले ऐश्वर्यको बिकासमा सक्दो सहयोग गर्ने बताए ।

नास्ट कलेका प्रमुख शिवहरि मुढभरिले ऐश्वर्य क्याम्पस अभिभावकहरुको मन जित्न सफल भएको बताए । मुडभरिले ऐश्वर्य क्याम्पसले गुणस्तरिय शैक्षिक बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको बताए ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले  सुदुपश्चिमको अमुल्यलगहना एवम अग्रणी शैक्षिक धरोहर ऐश्वर्य  सार्वजनिक शैक्षिक गुठीको श्रोत, राजनैतिक दलको प्रतिवद्धता, स्थानीय समुदायको सद्भाव, प्राध्यापक एवम कर्मचारीको सहयोग र ऐश्वर्य माविको पहलमा क्याम्पस स्थापना भएको बताए । तत्कालीन अवस्थामा सुदुरपश्चिमका बिज्ञानको पढाई हुने क्याम्पसको आवश्यकता पुरा गर्न २०६३ मा क्याम्पस स्थापनासँगै बिज्ञानको पढाई शुरु गरिएको र एक बर्षपछि व्यवस्थापन संकायको शुरु गरिएको  क्याम्पस प्रमुख भट्टले बताए  । आगामी दिनमा  थप प्राविधिक कार्यक्रमहरु शुरु गर्ने लक्ष्य रहेको समेत क्याम्पस प्रमुख भट्टले बताए । २०७३ मा ४८९ बिद्यार्थी रहेकामा २०८९ सालमा आइपुग्दा २ हजार ५ शय ६१ बिद्यार्थी रहेको क्याम्पस प्रमख भट्टले बताए । एमबीएसको पहिलो बर्षमा १ शय १२ र दोश्रो बर्षमा १ शय २ जना बिद्यार्थी अध्ययनरत रहेका छन् ।

बार्षिकोत्सव कार्यक्रममा क्याम्पसका सहप्राध्यापक नारायण दत्त अवस्थीएमबीएसका मुकेश चन्द, बिएस्एसीका आनन्द  प्रकाश जोशी, बिएस्सीका मनोज  ओझा, बिबिएसका पुष्पराज पाण्डेय र बिबिएसका महेश मुडभरिलाई सम्मानित गरिएको थियो । त्यस्तै क्याम्पसका अध्ययनरत राष्ट्रिय खेलाडी इश्वरी साउद, आलोक बुढामगर र गोमती साउदलाई पनि सम्मानित गरिएको थियो । बार्षिकोत्सव कार्यक्रममा पढाईमा  उत्कउष्ट नतिजा ल्याउने दिनेश महरा, बसन्त पन्त, युवराज कटटेल, नरेन्द्र कार्की। जनकनाथ अवस्थी, दिपा खत्री, दिवक भट्ट, सुरेश शाही, अवेक थापा, केशव गिरी, सरस्वती कुमारी भट्ट र स्वस्तिका जैरुलाई सम्मानित गरिएको थियो ।

क्याम्पस  व्यवस्थापन समितिका अध्यक्ष नृप वडको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यज्ञराज पाठक, डा. हेमराज पन्त, खेमराज पाण्डेय, लक्ष्मणदत्त भट्ट, डा. पुर्ण बहादुर लामिछाने, रामलाल जोशी, मदनराज पाण्डेय, लगायतको सहभागिता रहेको थियो ।