धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024
मुख्मन्त्रीको दावी पेश गर्ने अन्तिम दिन

एमालेले अझै दिएन सुदुरपश्चिमको मुख्यमन्त्रीका लागि सोडारीको नाममा समर्थन

एमालेले अझै दिएन सुदुरपश्चिमको मुख्यमन्त्रीका लागि सोडारीको नाममा समर्थन

धनगढी । सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्ने अन्तिम दिन भैसक्दा पनि नेकपा एकीकृत समाजवादीका नेता दिर्घ सोडारीको नाममा एमालेले समर्थन गरेको छैन । एमालेले सोडारीको नाममा अहिलेसम्म पनि समर्थन नजनाउदा मुख्यमन्त्रीमा दावीमा अन्यौलता बढेको छ ।

सुदुरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्ने आज (बिहीवार) अन्तिम दिन हो । प्रदेश प्रमुख नजिर मियाले १६८ (२) कमोजिम दुई वा दुई भन्दा बढी दलको   समर्थनमा मुख्यमन्त्रीको दावी पेश गर्न आज (बिहीवार) साझ ५ बजेसम्मको समय  तोकेका छन् ।

मुख्यमन्त्रीमा समर्थनका बारेमा केन्द्रबाट निर्देशन नआइसकेको नेकपा एमालेका तर्फबाछ  प्रदेश सभा सदस्य धर्मराज पाठक बताउँछन् । ‘गठबन्धन गर्ने निर्णय केन्द्रले गरेको हो । त्यसैले कसलाई मुख्यमन्त्री बनाउने भन्ने निर्णय पनि केन्दैले नै गर्छ ।’ पाठक भन्छन् ‘तर अहिलेसम्म मुख्यमन्त्रीमा समर्थन गर्नेबारेमा पार्टी केन्द्रको निर्देशन आइसकेको  छैन । हामी निर्णय पर्खेर बसेका छौं ।’

बैशाख २ गते  प्रधानमन्त्री एवम नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पक कमल दाहाल सहितका नेता सुदुरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन सहमत भएका थिए । तर नेकपा एसले मुख्यमन्त्रीमा निर्णय गरेको संसदिय दलका  नेता दिर्घ सोडारीको नाममा नेकपा एमालेले असहमति जनाएको छ । सोडारी बाहेकका अरुका नामा समर्थन गर्न सकिने एमालेको भनाई छ ।

केन्द्रबाट सोडारीको नाममा समर्थन नआउदा अहिलेसम्म सत्ता गठबन्धनका प्रदेश स्तरको बैठक समेत बस्न सकेको छैन ।