धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

मुख्यमन्त्रीको  दावी आज  नै  पेश गर्छौ : सोडारी

मुख्यमन्त्रीको  दावी आज  नै  पेश गर्छौ   :   सोडारी
दिर्घ बहादुर सोडारी

धनगढी ।  नेकपा एकीकृत समाजवादीका सुदुरपश्चि  संसदिय दलका नेता दिर्घ बहादुर सोडारीले  मुख्यमन्त्रीको दावी पेश गर्ने बताएका छन् ।  ‘हामी    आज (बिहीबार) मुख्यमन्त्रीको दावी पेश गर्छौ ।’ संसदिय दलका नेता सोडारीले भने  ‘संसदिय दल र पार्टीको सचिवालयले पनि निर्णय गरिसकेको छ ।’

समर्थन गर्नेहरुलाई लिएर मुख्यमन्त्रीको दावी पेश गरिने सोडारीले बताए ।   ‘आज उपयुक्त समय मिलाइर मुख्यमन्त्रीमा दावी पेश पेश गर्छौ ।’  सोडारीले भने    ‘जो जो समर्थन गर्छन, उनीहरुलाई लिएर मुख्यमन्त्रीको दावी पेश गछौं ।’

सत्ता गठबन्धनले सुदुरपश्चिमको मुख्यमन्त्री नेकपा एसलाई दिने दिनेृ निर्णय गरेको छ । नेकपा एसले संसदिय दलका  नेता दिर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

तर सत्ता गठबन्धनकै नेकपा एमालेले सोडारीको नाममा मुख्यमन्त्रीमा समर्थन  अझै दिएको छैन । मुख्यमन्त्रीका लागि दावी पेश गर्ने अन्तिम समय आज (बिहीवार) साझ ५ बजे हो ।