धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

बिपीन जोशीको रिहाइमा पहल गर्ने कतारी राजाको आश्वासन

बिपीन जोशीको रिहाइमा पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद अल थानीले इजरायलमा रोजगारीमा रहेका बेला गत ७ अक्टोबरमा विद्रोही समूह हमासले अपहरण लगेका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको रिहाइमा थप पहल गर्ने आश्वासन दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समुहको नियन्त्रणमा रहेको भनिएका  विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन सँग आग्रह गरेका छन् ।

लामो समयदेखि हमासको कब्जामा रहेका भनिएका जोशीको रिहाइका लागि यसअघि नेपालले कतारलाई आग्रह गरिसकेको छ । कतारले हमास र इजरायलबीच शान्तिवार्ता मार्फत युद्धविराम पहल गर्दै आएको छ ।

नेपाली युवा विपिन जोशीको अवस्था पत्ता लगाएर रिहाइका लागि थप पहल गरिदिन राष्ट्रपतिज्यूले कतारका राजा शेखसँग आग्रह गर्नु् भएको छ’ प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘यसअघि पनि कतारले विपिनको खोजी र रिहाइका लागि इजरायल र हमाससँग संवाद गरेकाले हाम्रोतर्फबाट राष्ट्रपतिज्यूले थप ठोस पहलको अपेक्षा व्यक्त गर्नु भएको हो ।’