धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आलितालमा वन विनास भएको घटनाप्रति नेकपाको गम्भीर आपत्ती

डडेल्धुरा

डडेल्धुरा सदरमुकामम स्थित बागबजारकिर्तीपुर सडक क्षेत्र विस्तार गर्न सम्बन्धित निकायहरुलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराले माग गरेको छ ।

सदरमुकाममा २६ गते सम्पन्न सचिवालयको दोस्रो र २७ गते सम्पन्न जिल्ला कमिटीको तेस्रो पुर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको छ । डडेल्धुरा सदरमुकाम क्षेत्रमा सडक बिस्तारका साथै जिल्लाका समसामयीक बिषयमा १४ वटा निर्णय पार्टीले गरेको र निर्णय कार्यान्वयनका लागि पहल गरिने नेकपा डडेल्धुराका अध्यक्ष मानसिह मालले बताए ।

डडेल्धु्रा सदरमुकाममा सडक विस्तार गर्न दुई पटक बोलपत्र आह्वान गरेर पनि खारेज गरिएकोमा नेकपा जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिए । अमरगढी नगरपालिकाको पहलमा संघर्ष समिति र सर्वदलीय  छलफल बुधबार सम्पन्न भएको छ । सडक क्षेत्रमा घरजग्गा भएका स्थानीयलाई मुआब्जा दिन अमरगढी नगरपालिकाले तत्काल विवरण संकलन गर्ने जनाईएको छ ।

यस्तै  नेकपाले आलिताल गाउँपालिका वडा नम्बर ८ गोदाम, डोला चिरान, कालाकोट चक्रपथ सडक निमार्णका क्रममा अबैध ढंगबाट भएको वन विनास प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सडक निर्माणका नाममा भएको उक्त वन विनासका बारेमा सत्य तथ्य छानविन गरी सम्पुर्ण दोषीहरुलाई कडा कारवाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

कोरोना महामारी फैलिएको अवस्थामा तथा जिल्ला प्रशासनले सभा सम्मेलन नगर्ने भने सूचना जारी गरेकाले त्तकालका लागी पार्टीको तर्फबाट बडादशैं र तिहारको शुभकामना आदान प्रदान कार्यक्रमहरु स्थगीत गरिएको छ । बैठकले महामारी विरुद्धको लडाईमा पार्टी पक्तीलाई स्वंमसेवकका रुपमा  परिचालन गर्नेे निर्णय समेत गरेको जनाइएको छ ।

आलिताल६ र ७ लगायतका विभिन्न स्थानमा बर्षाले ठुलो क्षति भएको र बस्तीहरु उच्च जोखिममा रहेकाले बस्ती स्थानन्तरण र पिडीतलाई राहात र पुर्नस्थापना, कोभिडका कारण विदेशबाट रोजगारी गुमाएर फर्केका र स्वादेशमै बेरोजगार युवाहरुलाई रोजगारी प्रबन्धका लागी आवश्यक पहल गर्ने, र पार्टी एकिकरणका काम छिटो भन्दा छिटो सम्पन्न गर्न केन्द्रीय कमिटी र प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

आलिताल वन विनास प्रकरणमा डिभिजन वन कार्यालय डडेल्धुराले मुद्दा लगाएका अभियुक्तहरुलाई जिल्ला अदालत डडेल्धुराले समान्य धरौटीमा रिहा गरिसकेको छ भने सो प्रकरणमा आर्थिक चलखेल भएको चर्चा छ । सो प्रकरणको स्थलगत अध्ययन गरेको सुदूरपश्चिम प्रदेश सभा अन्र्तगत अर्थ, विकास र प्राकृतिक स्रोत समितिको पाँच सदस्यीय संसदीय टोलीले स्थलगत अध्ययन गरेको थियो । सो समितिले सार्वजनिक गरेको प्रतिवेदन आलिताल वन विनास प्रकरणबारे मौन रहेको नेकपा डडेल्धुराका नेताहरुको गुनासो छ ।