धनगढी पोष्ट
बिहिबार, ०६ भदौ २०८१ मा प्रकाशित
धनगढी । राष्ट्रिय दलित नेटवर्कले जातीय छुवाछुत र सामाजिक न्यायका पक्षमा महत्वपुर्ण योगदान पुरयाएको बक्ताहरुले बताएका छन् । नेटवर्ककोे २५ स्थापना दिवसका अअवसरमा बुधबार धनगढीमा आयोजित कार्यक्रममा वक्ताहरुले समाजमा रहेको जातीय बिभेदका बिरुद्ध राज्यलाई कदम चाल्न नेटवर्कले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका हुन् ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दलितहरु समाजका इन्जिनिय रहेको उल्लेख गर्दै कालान्तरमा उत्पीडनमा परेको बताए । ‘दलित सहितका उत्पीडित समुदाय आफै उत्पीडनमा परेको हैन, कालान्तरमा उत्पीडनमा पारिएको हो ।’ आन्तरिक मामिला तथा कानन मन्त्री सार्कीले भने ‘दलित तर समाजको इन्जिनियर हुन, समाजका कलाकार हुन् । तर उनीहरुको सीपको गलत मुल्यांकन गरियो ।’
उत्पीडनमा परेका बर्गलाई राज्यलाई आरक्षण दिएर मुलधारमा ल्याउनु पर्ने मन्त्री सार्कीले बताए ।सुदुरपश्चिममा दलितहरुलमाथि बिभेद रहेको बताउँदै मन्त्री सार्कीले नेटवर्कले बिभेद बिरुद्ध राज्यलाई खबरदारी गरेको र समुदायमा सचेतना बृद्धिको असल काम गरेको बताए ।
संविधान सभा सदस्य हरि श्रीपाइलीले समाजमा जातीय बिभेदद कायमै रहेको बताउँदै राज्यलाई अझै खबरदारी गर्न आवश्यक रहेको बताए । ‘बिभेद बिरुद्ध सक्रिय संस्थाका कारण राज्य बिभेद बिरोधी कानुन बनाउन बाध्य भएको छ । तर त्यसको अझै कार्यान्वयन हुन सकेको छैन ।’ संविधान सभा सदस्य श्रीपाइलीले भने ‘त्यसैले अझै दवावको आवश्यकता छ । नेटवर्क जस्ता संस्थाहरुको सक्रियता अझै खाचो छ ।’
राष्ट्रिय दलित नेटवर्कका संस्थापक अध्यक्ष गणेश बिकेले समाजमा व्याप्त जातीय भेदभावका बिरुद्ध जागरुकता पैदा गर्दै राज्यलाई दवाव दिन नेटवर्कको स्थापना गरिएको बताए । ‘हिजो भेदभावका बिरुद्ध आवाज उठाउने संस्थाका रुपमा यसको स्थापना गरेर कार्यक्रम अघि बढायौं ।’ बिकेले भने ‘२५ बर्षमा उल्लेख्य काम भएका छन् । तर अझै यसको सक्रियताको आवश्यता बढेर गएको छ ।’
हलिया, हरुवाचरुवा लगायतका जातीय बिभेदमा परेका समुदायका पक्षमा आवाज बुलन्द पार्ने र राज्यलाई दावाव दिने काम गरिएको बताउँदै बिकेले भने ‘अब राज्यका निकायमा दलितको सहभागिताका बारेमा पनि आवाज उठाउनु पर्ने भएको छ ।’
सुदुरपश्चिम बिश्वबिद्यालयका पुर्व रजिष्टार डा. हेमराज पन्तले सामाजिक बिभेदर न्यायका पक्षमा नेटवर्कले महत्वपुर्णल भुमिका निर्वाह गरेको बताए । ‘समाजमा अझै जातीय बिभेद छ, सामाजिक असामनता कायमै छ ।’ डा. पन्तले भने ‘यसका बिरुद्ध राज्यलाई जिम्मेवार बनाउन नेटवर्क जस्ता संस्थाहरुको सक्रियता अझै खाँचो छ ।’
नेटवर्कका अध्यक्ष मोहन ओडको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य ललिता ताम्राकार, लक्ष्मी बिक लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सँचालन संस्थाकी महासचिव आग्रीले गरेकी थिइन् ।
२०५७ सालमा नेटवर्कको रुपमा स्थापना भएको क्षेत्रीय दलित नेटवर्क २०६० सालमा दर्ता भएको थियो । २०६३ सालमा क्षेत्रीय दलित नेटवर्कबाट नाम परिवर्तन गर्दै राष्ट्रिय दलित नेटवर्क बनाएको थियो । त्यसपछि अहिले नेटवर्कले देशभरि कार्यक्रम सँचालन गरिरहेको छ ।
सो अवसरमा नेवटर्कको अभियानमा सहयोग गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मानित गरिएको थियो ।