धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ३३ जनामा कोरोना पुष्टि

धनगढी
 पछिल्लो २४ घण्टाको अवधीमा सुदूरपश्चिममा थप ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको एक सय ७० जनाको कोरोना परीक्षणमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पता धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 
 सूचना अधिकारी श्रेष्ठका अनुसार आज थपिएका संक्रमित हरुमा गोदावरी नगरपालिका ९ पुरुष र ५ महिला गरी १४ जना, कैलारी गाउँपालिकाका ६ पुरुष र एक महिला गरी ७ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिका १० पुरुष, १ महिला गरी ११ जना र कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो ।

 सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको कुल संख्या चार हजार ६ सय ९१ पुगेको छ ।