धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

तलब निकासा नभएको बिरोधमा शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

तलब निकासा नभएको  बिरोधमा शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी

डडेल्धुरा

 समयमै तलब निकासा नभएको भन्दै शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय डडेल्धुरामा बुधबार तालाबन्दी गरेका छन

   शुन्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिंदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले बुधबार शिक्षा इकाई डडेल्धुरा इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्

    देशै भरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिंदै आएको अनुदान कोटाका लागि शैक्षिक शत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो तर, चालु आर्थिक बर्षको दुई महिना बित्न लाग्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशव बहादुर साउँदले बताए

   एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफुहरूको तलबको कुनै टुंगो नलागेकोले दुई बुँदे माग राखी आन्दोलन गर्न बाध्य भएको उनले बताए यसअघि संघर्ष समितिले शिक्षा विकास तथा इकाई कार्यालय डडेल्धुरा मार्फत शिक्षा मन्त्रीलाई तलब निकासा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो मन्त्रालयबाट कुनै जवाफ नआएकाले तालाबन्दी गर्न बाध्य भएको संघर्ष समितिले जनाएको

   सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणित विज्ञान शिक्षकको अभाव परिपूर्ति गर्न सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरबन्दी भएका सामुदायिक विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट अनुदान रकम प्रदान गर्दै आएको थियो यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरिएको छैन

   आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनु पर्ने तलब भत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने अनुदान कोटामा कार्यरत शिक्षकहरुको माग निजी क्षेत्रलाई कर्मचारीको रोजगारी नखोस्न निर्देशन दिइरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन निकासा सम्बन्धि कुनै जानकारी पनि दिइएको छैन संघर्ष समितिका संयोजक साउँदले भने, ‘बिरोध स्वरुप तालाबन्दी गरिएको हो, यदि फेरि पनि हाम्रा मागहरुको अविलम्व सुनुवाइ नभए पुनः चरणबद्ध किसिमले कडा आन्दोलनमा जान्छौं