धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

ऐन छल्दै कार्यबिधि बनाएर सुदुरपश्चिम प्रदेश सरकारद्धारा कर्मचारीको सरुवा

ऐन छल्दै कार्यबिधि बनाएर सुदुरपश्चिम प्रदेश सरकारद्धारा कर्मचारीको सरुवा

धनगढी

 सुदुरपश्चिम प्रदेश सरकारले संघीय निजामति सेवा ऐन बिपरित कार्यबिधि बनाएर  ७२ जना कर्मचारीको सरुवा गरेको छ । 

  ऐन बिपरित निर्माण गरिएको कार्यबिधिका आधारमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले भदौ ३० र ३१ गते कर्मचारीको सरुवा गरेको हो ।

   प्रदेश सरकार निजामति कर्मचारी सरुवा तथा  काज सम्वन्धी कार्यबिधि (पहिलो संशोधन) मा ‘पहिलो पटकका लागि अवधि नपुगे पनि कर्मचारीको सरुवा सक्ने ” भन्ने व्यवस्था गरेर प्रदेश सरकारले कर्मचारीहरुको सरुवा गरेको हो ।

  प्रदेश सरकारको निजामति कर्मचारी सम्वन्धी ऐन नभएका कारण संघीय निजामति सेवा ऐन अनुसार नै सरुवा तथा बढुवाको कार्य हुने गरेको छ ।

    ऐनमा कर्मचारीको सरुवमा तराईका हकमा २ बर्ष पुगेपछि र पहाड र हिमालका हकमा डेढ बर्ष पुगेपछि सरुवा गर्ने व्यवस्था गरेको छ । तर प्रदेश सरकारले सो अवधि नपुग्दै पहिलो पटकका लागि भन्दै सेवा अवधि नगुगेर नै सरुवा गरेको हो । 

   गत बैशाखमा निर्माण गरिएको कार्यबिधि साउन २८ गते संशोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरुवा गर्न पाउने समय भदौ मसान्तसम्म  र मन्त्रालयले सरुवा गर्न पाउने अवधि असोज १ देखि मसान्तसम्म बनाइएको छ ।

  साउनमा बनाइएको कार्यविधि मुख्यमन्त्री  तथा मन्त्रीपरिषदको कार्यालयले साउन १ गतेदेखि मसान्तसम्म र मन्त्रालयले भदौ १ गतेदेखि मसान्तसम्म सरुवा गर्न सक्ने व्यवस्था रहेको थियो ।

  संघीय ऐनको बिपरित हुने गरि कुनै पनि तहका सरकारले कार्यबिधि निर्माण गर्न पाउँदैनन् । 

  संशोधित कार्यबिधिमा भनिएको छ ‘आर्थिक बर्ष २०७७।२०७८ मा गरिने सरुवाको हकमा खण्ड ग बमोजिमको अवधि अगावै र सरुवा गर्न सकिने छ र खण्ड क र ख बमोमिको सरुवा क्रमशः भाद्र मसान्त र असोज मसान्तसम्म गर्न सकिने छ । कार्यबिधिको खण्ड क मा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले साउन १ गतेदेखि मसान्तसम्म सरुवा गर्न सक्ने र खण्ड ख मा मन्त्रालयले भाद्र १ गतेदेखि मसान्तसम्म सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ ।

  सुदुरपश्चिम सरकारले अहिलेसम्म प्रदेश निजामति कर्मचारी सम्वन्धी ऐन बनाएको छैन । आफ्नो ऐन नभएका कारण ंसंघीय निजामति सेवा ऐन अनुसार नै कर्मचारीको सरुवा बढुवा हुदै आएको छ ।