धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

सुदुरपश्चिममा नागरिक उन्मुक्ति बिना नै सरकार गठनको  गृहकार्य

नगरिक उन्मुक्ति बाहिर रहे पनि नेकपा एस र स्वतन्त्रलाई समेटेर सरकार निर्माणमा एमाले र माओवादी नेतृत्व सक्रिय भएका छन् ।

सुदुरपश्चिममा नागरिक उन्मुक्ति बिना नै सरकार गठनको  गृहकार्य

धनगढी सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टी बिनाको सरकार निर्माणको प्रकृया नेकपा एमाले नेकपा माओवादी केन्द्रले अघि बढाएका छन् सुदुरपश्चिममा आफुले मुख्यमन्त्री पाउनु पर्ने माग उन्मुक्ति पार्टीले गरेपछि माआवादी एमालेले उन्मुक्ति कांग्रेस बिनाको गठबन्धन निर्माण गरेर सरकार गठन गर्न छलफल अघि बढाएका हुन्

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, राप्रपा एक स्वतन्त्र प्रदेश सांसद मिलाएर सरकार गठनको  बिकल्पमा ती दलहरुले छलफल अघि बढाएका छन् नागरिक उन्मुक्तिलाई प्रदेशको मुख्यमन्त्री दिन नसकिने भन्दै ती दलहरुले बिकल्पको खोजी गरिरहेका हुन्

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम सुदुरपश्चिम संसदिय दलका नेता खगराज भट्ट सबैलाई सहमति हुने गरि सरकार निर्माणको छलफल भैरहेको बताउँछन् सबैका आफना माग  मुद्धा हुन सक्छन्   माओवादी संसदिय दलका नेता भट्ट भन्छन् सबैसँग  घनिभुत छलफल भैरहेको   कसैलाई पनि बाहिर जान नपर्ने गरेर, सबैलाई जित जितको अवस्था बनाउने गरि हामी अघि बढिरहेका छौं

नागरिक उन्मुक्तिलाई बारिह राखेर सरकार गठनबारे नसोचेको दावी गर्दै भट्टले भने  नेकपा एससँग केन्द्रमा नै छलफल भैरहेको सुदुरपश्चिममा  नेकपा एस पनि बाहिर नपरोस् उन्मुक्ति पनि बाहिर नपरोस् भन्ने हो

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सहमत जनाएका राजनैतिक दलहरु माओवादी, एमाले, नागरिक उन्मुक्ति पार्टीराप्रपा एक स्वतन्त्रको सुदुरपश्चिम प्रदेश सभामा बहुमत पुग्छ ५३ सदस्य रहेको प्रदेश सभामा सरकार निर्माणका लागि २७ सांसदको समर्थन चाहिन्छ केन्द्रिय सत्ता गठबन्धनमा रहेका माओवादीका सुदुरपश्चिममा  ११, एमालेका १०, उन्मुक्तिका राप्रपाका एक गरि २९  सदस्य छन् उन्मुक्ति बाहिरिए पनि नेकपा एसका चार एक स्वतन्त्र मिलाएर माओवादी एमालेको गठबन्धनसँग २७ सदस्य पुग्छन्

एमाले माओवादीबीच सुदुरपश्चिममा माओवादी नेतृत्वमा सरकार निर्माण गर्ने सहमति बनेको   संघीय सरकामा बाहिरबाट समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिम पश्चिम प्रदेशमा आफुले मुख्यमन्त्री पाउनु पर्ने माग गरेको थियो

सुदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, नेकपा एसका चार एक स्वतन्त्र सांसद छन्

 तर नेकपा एमालेका प्रदेश सचिव एवम प्रदेश सासद धर्मराज पाठक केन्द्रिय गठबन्धनको आधारमा नै प्रदेशमा  सरकार गठन हुनेमा आफु आशावादी रहेको बताउँछन् सरकार गठका लागि स्वभाविक रुपमा सबै ढंगले छलफलहरु भैरहेका छन् प्रदेश सचिव पाठक भन्छन्  केन्द्रमा गठबन्धन कायमै , केन्द्रको गठबन्धन नै प्रदेशमा पनि क्रियाशील हुने हो केन्द्रिय गठबन्धनको नै सरकार निर्माणमा लागि आवश्यक स्पष्ट बहुमत

निर्वाचन आयोगले प्रदेश प्रमुखलाई निर्वाचनको जानकारी बुझाएको एक महिनाभित्रमा सरकार गठनको प्रकृया शुरु भैसक्नु पर्दछ सुदुरपश्चिम प्रदेश प्रमुखलाई निर्वाचन आयोगले पुस गते प्रतिवेदन बुझाएको थियो त्यस अनुसार पुस महिनाभित्र सरकार बनिसक्नु पर्ने हुन्छ

 सुदुरपश्चिम प्रदेश सभाको पहिलो बैठक आइतबार मात्र शुरु भएको पुस २८ गते सभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको

सरकार गठनका लागि प्रदेश प्रमुखले आव्हान अझै गरिसकेका छैनन् प्रदेशमा कुनै पनि दलको बहुमत नभएकोले प्रदेश प्रमुखले गठबन्धन गरेर दावी पेश गर्न आव्हान गर्ने सम्भावना

नागरिक उन्मुक्ति पार्टीका सुदुरपश्चिम प्रदेश सभा संसदिय दलका नेता रामेश्वर  चौधरी  सुदुरपश्चिममा सरकारम जाने नजाने बारेमा आफ्नो पार्टीले केही नसोचेको बताउँछन्   केन्द्रिय गठबन्धन सुदुरपश्चिममा छैन संसदिय दलका नेता चौधरी भन्छन्  प्रदेशका हकमा कोसँग जाने भन्ने अहिले निश्चित छैनअहिले तटस्थ बस्ने भन्ने हो

प्रदेशमा आफ्ना मागहरु जसले जसले सम्वोधन गर्छ, उसैसँग गठबन्धन हुने चौधरी बताउँछन् सरकारमा सहभागिताका बारेमा उन्मुक्ति पार्टीको केन्द्रिय समितिले चाँडै निर्णय गर्ने चौधरी बताउँछन्