संविधान दिवसको अवसरमा घोडाघोडीमा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा घोडाघोडीमा दिप प्रज्वलन

सुख्खड

 संविधान दिवसको अवसरमा कैलालीको घोडाघोडी नगरपालिकाले दिप प्रज्वलन गरेको छ ।

 लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सभाबाट जारी संविधान २०७२ जारी भएको ऐतिहासिक दिनको उपलक्ष्यमा गरपालिकाको आयोजनामा सुखड बजारमा दिप प्रज्वलन गरिएको हो ।

 घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले लोकतन्त्र सहितको संघिय लोकतान्त्रिक गणतन्त्र निर्माण भइसकेकाले त्यसको संरक्षण गर्नु अवको चुनौती भएको बताए । 

 उनले भने–‘यो शासन व्यवस्था सबै भन्दा उत्कृष्ट शासन ब्यवस्था हो, हामिले उत्कृष्ट संबिधान प्राप्त गरेका छौ, यसलाइ हामि सबैले अपनत्व गर्नुपर्छ ।

 बडीमालिका नगरपालिका बाजुराका नगर प्रमुख पदम बहादुर बडुवालले संबिधान उत्कृष्ट रहेको बताए । संबिधानले सबै जनताको अधिकारलाइ स्थापित गरेकाले अवको पाटो कम्जोहरी सच्याउँदै संरक्षण गरिनु आवश्यक भएको बताए । दिप प्रज्वलन कार्यक्रममा घोडाघोडी   नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, निमित्त प्रमुख प्रशाशकिय अधिकृत खगेन्द्र सिह लगायतकाको उपस्थिति रहेको थियो ।