धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

१२ शय ५० को मल सहकारीद्वारा २५ शयमा बिक्री

१२ शय ५० को मल सहकारीद्वारा २५ शयमा  बिक्री

सुख्खड

 कैलालीको घोडाघोडी नगरपालिकामा स्थित एक सहकारी संस्थाले दुई गुणा महंगो मुल्यमा किसानलाई १ बोरा मल  बिक्री गर्दै चरम कालोबजारी गर्ने गरेको पाइएको छ ।

 घोडाघोडी नगरपालिका८ स्थित जरही कृषक सहकारी सस्थाको नाममा ल्ट ट्रेडिङ कर्पोरेसन बाट खरिद गरेको सुपर डिएपि मलमा कालोबजारी गर्दै किसानलाई विना प्रमाण दुई गुणा बढी मुल्यमा  बिक्री गरेको पाइएको छ ।

 मलको अधिक्तम  बिक्री मुल्य प्रति बोरा एक हजार २ शय ५० सम्म रहेकोमा सो सहकारीले प्रतिबोरा २ हजार पाँच शयमा किसानलाई  बिक्री गर्दै आएको पाइएको हो । तर सहकारीले किसानलाई मल  बिक्री रसिद भने नदिने गरेको किसानले बताएका छन् ।

 ‘सहकारीका व्यवस्थापक शंकर साउँदले हामीलाई सुपर मल वेच्दै आएका छन् स्थानीय राम बुढाथोकिले भने–‘ मलको चरम अभाव भएका वेला हामीले जति भन्यो त्यतिमै मल किन्यौं, पछि मात्रै त्यसको वास्तविक मुल्य थहा पायौं । उनले सहकारीलाई विश्वास गरेर मल किनेको भएपनि सहकारीबाटै ठगिनु परेको बताए ।

 किसानले महंगोमा मल किन्नु परेको भन्दै गुनासो गरेपछि शनिबार घोडाघोडी नगरपालिका८ का वडा अध्यक्ष भिम बोगटी ,जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चका अध्यक्ष सुनिल केसि लगायतको टोलिले सहकारीको अनुगमन गरेको थियो ।

 सो क्रममा पनि सहकारीका ब्यवस्थापक शंकर साउदले आफुले २५ शयमा मल  बिक्री  गरेको स्वीकारेका छन् ।

 सहकारी संस्थाका अध्यक्ष भक्त बहादुर ठकुल्लाले भने महंगोमा मल  बिक्री भएको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । सुपर डिएपि मल कहिले देखी वेच्न थालेकोहो त्यो मलाई जानकारी छैन, उनले भने– ‘सहकारीको सवै काम   व्यवस्थापकले नै सम्हाल्दै आएका छन् ।  सुपर मल कसरी र कहाँबाट आयो भन्ने बारेमा समेत आफु अनविज्ञ भएको उनले बताए ।

 सहकारी संस्थाले लामो समयदेखी गैर कानून काम गर्दै आएको स्थानीयको आरोप छ । सहकारीका गतिविधी मन नपरेर आफुले सेयर सदस्यता त्यागेको स्थानीय लाली देबि साउदले बताइन् ।

 सुपर मलको विक्रेता साल्ट टे«डिङ कर्पोरेस लिमिटेडले मल महंगोमा बेचेको पाइए तत्काल डिलर खारेज गर्ने चेतावनी दिएको छ । कर्पोरेसन धनगढीका सहायक महाप्रबन्धक केशव पाण्डेले सुपर मल प्रतिबोरा साढे १२ सय सम्म बेच्न सकिने बताए । तर २५ शयमा  बिक्री गर्नु सरासर गैर कानूनी हो  उनले भने– ‘त्यसतालाई कारवाही हुन्छ ।

 

दवाव पछि रकम फिर्ता

 किसानलाइ महँगोमा मल बितरण गरेको पाइएपछि वडाध्यक्ष भिम बोगटिले २५ सय मा बिक्री भएको मलको रकम फिर्ता गर्न लगाएका छ्न ।

 ब्यवस्थापक शन्कर साउदले १२ सय ५० का दरले रकम फिर्ता गरेका छ्न । सहकारिमा धेरै कुराहरुमा गलत देखिएकाले छ्लफल गरि सहकारिलाइ कस्तो कारवाही गर्ने भन्ने बारेमा छलफल भइरहेको वडा अध्यक्ष बोगटिले बताए ।