धनगढी पोष्ट शनिबार, १० साउन २०८२   July 26, 2025

छ महिनामा एउटै गाउपालिकाका ३ कर्मचारी बिरुद्ध बलात्कारको मुद्धा दर्ता

छ महिनामा एउटै गाउपालिकाका ३ कर्मचारी बिरुद्ध बलात्कारको मुद्धा दर्ता

भजनी

  पछिल्लो महिनामा कैलालीको जोशीपुर गाउँपालिकाका तीन कर्मचारी बिरुद्ध बलात्कारको आरोपमा मुद्धा दर्ता भएको मुद्धा दर्ता हुने मध्य जनालाई आफ्नै गाउँपालिकाकै कर्मचारीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता गरिएको हो

   २०७७ बैशाखदेखि असोजको पहिलो हप्तामा खरिदारदेखि अधिकृत छैठौं तहका कर्मचारीमा बलात्कारको आरोप लागेको हो

  सबै भन्दा पछिल्लो पटक असोज गते छैठौ तहका अधिकृत भानुभक्त उपाध्यायका बिरुद्ध आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको आरोपमा मुद्धा दर्ता भएको हो आफ्नै कार्यालयमा कार्यरत महिलाले प्रहरीमा मुद्धा दर्ता गरेपछि उपाध्यायलाई पक्राउ गरि मुद्धा दर्ता गरिएको हो

  यसअघि गत असारमा  जोशीपुर गाउँपालिकामै कार्यरत खरिदार रमेश जोशीमाथि  घोडाघोडीकी एक महिलालाई बलात्ककार गरेको आरोपमा मुद्धा दर्ता भएको थियो गाउँपालिकामा करार सेवामा कार्यरत जोशी धरौटीमा रिहा भएका छन् निलम्बित जोशीको मुद्धा अदालतमा  चलिरहेको     

   त्यस्तै बैशाख गते सोही गाउँपालिका वडा नं का सचिव राजकुमार चौधरी भजनीकी एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका थिए त्यसपछि चौधरीमाथि जबरजस्ती करणीको मुद्धा दर्ता भएको हो

 चौधरी पुर्पक्षका लागि थुनामा छन् उनको मुद्धा पनि अदालतमा बिचाराधीन रहेको