धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

मलवारा पोलिक्लिीनिकको लार्पवाहिले बिरामीको ज्यान गएपछि ४ लाख ५० हजार क्षतिपुर्ति ति¥यो

भजनी

पोलिक्लिनिक स्थापना भएको आधा महिना नपुग्दै मलावरा पोलिक्लिनिक जोशीपुरले बिरामी मृत्युको विषयमा ४ लाख ५० हजार क्षतिपुर्ती दिने भएको छ ।

   बुधवार क्लिनिक प्रशासन र पीडित पक्षको छलफलमा क्षतिपुर्ति सम्वन्धी सहमति भएको हो । जोशीपुर १ की १६ वर्षिय किसोरी तृसना विनाडी विरामी भएपछि ७ गते मलवारा पोलिक्लिनिकमा भर्ना गरिएकी हुन् । तिन दिन सम्म क्लिनिकमा उपचार भएको थियो । उपचार सम्भव नभएपछि  कोहलपुर मेडिकल कलेजमा १० गते रिफर गरिएको हो ।

 सोही दिन कोहलपुरले  भेरी अस्पताल नेपालगञ्जमा रिफर ग¥यो ।  भेरी अस्पतालमा उपचार हुदै गर्दा १३ गते मंगलवार मृत्यु भएको हो । तिन दिन उपचार गर्ने क्रममा  मलवारा क्लिनिकले १४ सलाईन चढाउदा विरामीलाई ज्वरो बढेको आफन्तको आरोप छ । रिफर माग्दा पनि नदिने । उपचार पनि राम्रो नभएको आफन्तको भनाई छ ।

  क्लिनिक प्रशासनले समयमा रिफर नगर्दा विरामीको ज्यान गएको भन्दै आफन्तले क्लिनिक विरुद्ध आन्दोलन गर्ने

सम्भावना बढेपछि क्रिया खर्च स्वरुप क्षतिपुर्ति दिने मौखिक सहमति भएको संचालक विष्णुप्रशाद डगौराले बताएका छन् ।