धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

दशैको मुखमा सुदूरपश्चिमका पहाडी जिल्लामा चामल अभाव

धनगढी

   दशैको मुखमा सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चामल अभाव देखिएको छ । हरेक बर्ष झै यस बर्ष पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा चामल अभाव भएको  हो ।

  खासगरी सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, र दार्चुलामा  विगतका बर्षहरुदेखि नै चामल अभाव हुँदै आएको छ । बझाङको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बोहराले गाउँपालिकामा १ सिजन मात्रै खेती हुने गरेको र त्यसमा पनि धान उत्पादन नहुने गरेको बताए ।

गाउँपालिकाको अधिकांस क्षेत्र हिमाल संग जोडिएको छअध्यक्ष बोहराले भने–‘त्यस्तो क्षेत्रमा अत्याधिक चिसो हुँदा धान उत्पादन हुँदैन, अन्य खेती पनि बर्षमा १ पटक मात्रै हुन्छ ।

 हाल सम्म सडक सन्जालले नछोएको साइपाल गाउँपालिकाका लागि खाद्य संस्थानले बझाङको तल्कोट गाउँपालिकामा खाद्य डिपो स्थापना गरेको छ । तल्कोटबाट साइपाल गाउँपालिका, , ४ र ५ नम्बर वडा पुग्न २ देखी ५ दिन सम्म लाग्ने गरेको छ । हामीले साइपाल गाउँपालिकामै खाद्य डिपो स्थापनाका लागि माग गर्दै आएका छौंअध्यक्ष बोहराले भने–‘तर हाल सम्म त्यसको सुनुवाई हुन सकेको छैन, गाउँपालिकावासीले ५ दिन सम्म हिडेर चामल बोकेर भात खानुपर्ने बाध्यता छ ।

बाजुराको हिमाली गाउँपालिकाको समस्या पनि साईपाल गाउँपालिकाको जस्तै छ । गाउँपालिकाको अधिकांस क्षेत्रमा धान उत्पादन हुँदैन । जसका कारण त्यहाँ हरेक समय चामल अभाव हुने गर्दछ ।

गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार हिमाली गाउँपालिकाको विच्छयाँ, पामा, गुम्बा, उरी लगायतका क्षेत्रमा धान उत्पादन हुँदैन । नत ती क्षेत्रमा सहजै चामल ढुवानी गर्न सकिन्छ । खाद्य संस्थानले बाजुराको हिमाली क्षेत्रका लागि हिमाली गाउँपालिकाको कवाडीमा चामल विक्रि केन्द्र स्थापना गरेको छ । तर सो ठाउँमा अषाढ पछि भने चामल ढुवानी  हुँदैन । बर्षाको समयमा आउने बाढीका कारण सडक भत्किने हुँदा सो क्षेत्रमा यातायात अबरुद्ध भई बर्षायाममा चामल अभाव हुने गरेको अध्यक्ष मल्लले बताए ।

अहिले हिमाली गाउँपालिकामा १ किलो चामल पाउँन मुस्किल पर्न थालेको छ, अध्यक्ष मल्लले भने–‘दशैमा कसरी चामलको व्यवस्थापन गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

बर्षायाम सुरु भएपछि पहाडी क्षेत्रमा जान निक्कै समस्या हुने गरेको खाद्य संस्थान धनगढीका प्रमुख अनिल श्रेष्ठले बताए । बर्षायाम सुरु भए संगै पहाडी क्षेत्रका बाटाघाट बन्द हुँदा ढुवानीमा समस्या हुन्छउनले भने–‘जसका कारण पहाडी जिल्लामा चामल अभाव हुने गरेको छ, गोदाममा चामल हुँदा हुँदै पनि ढुवानी गर्न सकिएको छैन ।

उनले हिमाली गाउँपालिकाका लागि सुदूरपश्चिमबाट तत्काल चामल पठाउन समस्या भएपछि प्रदेश नम्बर ५ को ब्र्दियाबाट सुर्खेत हुदै चामल पठाउने तयारी भइरहेको बताए । तत्कालका लागि १ हजार क्वीन्टल चामल हिमाली गाउँपालिका लगायतका क्षेत्रमा पठाउने गरी तयारी थालेका छौंकार्यालय प्रमुख श्रेष्ठले भने–‘सडक सुचारु भएपछि नियमित चचामल ढुवानी हुने छ ।

 उनका अनुसार आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि बाजुरकोको कोल्टि डिपोका लागि ७ हजार, मार्तडी डिपोका लागि दुई हजार पाँच सय र कवाडी डिपोका लागि ३ हजार क्वीन्टल चामल पु¥याउने गरी ठेक्का स्वीकृत भएको छ । यसै गरी बझाङको विसौना बिक्रि केन्द्रका लागि ५ सय, चैनपुर १ हजार र तल्कोट डिपोका लागि १ हजार क्वीन्टल चामल ढुवानीका लागि सम्झौता भइसकेको उनले बताए ।