धनगढी
नेपाली काँग्रेस सुदुपश्चिम प्रदेश संसदिय दलका नेता रण बहादर रावलले सुदुरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट असफल सरकारले ल्याएको असफल बजेट भएकको बताएका छन् । ‘यो बजेट प्राथमिकता निर्धारण बिना नै अएको छ ।’ संसदिय दलका नेता रावलले भने ‘सरकार बनेदेखिको सरकार सँचालनको असफलता बजेटमा पनि देखिएको छ । ’
अहिलेको आवश्यकता कोभिड १९ रोकथाम, नियन्त्रण र रोजगारी सृजना भए पनि बजेटले त्यसलाई सम्वोधन गर्न नसकेको रावलले बताए । ‘अहिलेको मुख्य आवश्यकता कोभिड १९ नियन्त्रण, कृषिको सशक्तिकरण र रोजगारी सृजना हो ।’ संसदिय दलका नेता रावलले भने ‘भाषणमा यी कुरा समेटिए पनि त्यस आवश्यकतालाई सम्वोधन गर्ने गरि बजेट बिनियोजन गरिएको छैन । यसले औपचारिकताका लागि प्राथमिकता तोकेको देखिन्छ ।’
असारमा नै कोभिड १९ नियन्त्रण हुन्छ र साउनदेखि सामान्य जीवन संचालन हुन्छ भन्ने सोचेर बजेट ल्याएको जस्तो देखिएको राववले बताए । कोरोनाको व्यवास्थापन र रोकथाम, राहत र रोजगारी सृजनाका कार्यक्रम पनि बजेटमा आवश्यकता अनुसार नसमेटिएको रावलले बताए ।
‘बजेट पुर्ण रुपमा बितरणमुखी छ । कोरोनाको व्यवस्थापन र रोकथाम, राहतलाई यसलेल महत्व दिएको छैन । राहत भनेको खाने कुरा मात्र हैन, अरु सन्दर्भमा पनि लागु हुन्छ । रोजगारी सृजनाका कार्यक्रम पनि बजेटमा देखिएको छैन । यी तीन वटै कुरामा बजेट चुकेको छ ।’ संसदिय दलका नेता रावलले भने ‘यसअघिका बर्षमा रहेका तर कार्यान्वयन गर्न नसकेका कार्यक्रमहरु मात्रै यसमा समेटिएका छन् । हरेक बर्ष तिनै कार्यक्रम दोहोरयाउनुले कार्यान्वयन नगर्ने क्रम फेरि दोहिोरिने बजेटले देखाएको छ ।’
अहिलेका प्राथमिकता स्वास्थ्य र कृषिमा हुनु पर्नेमा त्यसले नभएर भौतिक पुर्वाधारमा बजेट बढी छुट्याइएको रावलले बताए । ‘बजेटमा कृषि, स्वास्थ्य र रोजागरी सृजनामा प्राथमिकता दिने भनेको छ । तर स्वास्थ्य र कृषिमा गत बर्ष भन्दा थोरै मात्र बजेट बढाएको छ ।’ रावलले भने ‘कृषिमा गत बर्ष भन्दा थोरै बढाएर ३ अर्ब ३३ करोड मात्र छ । यस्तो महामारीको बेलामा सामाजिक मन्त्रालयमा पनि गत बर्ष भन्दा थोरै मात्र बढाएर छ अर्ब ६२ करोड पुरयाइएको छ । उद्योग, पर्यटन र बन मन्त्रालयम १ अर्ब मात्र छ । तर भौतिक मन्त्रालयमा मात्रै १० अर्ब भन्दा बढी बजेट बिनियोजन गरिएको छ । यो महामारीको बेलामा कृषि, सामाजिक र उद्योग, पर्यटन सहित तीन मन्त्रालयको मिलाउदा पनि भौतिक मन्त्रालयको भन्दा कम बजेट छ । अब भन्नुस कहाँ स्वास्थ्य संरचना बन्ने हुन् कसरी स्वास्थ्यकर्मी खटिने हुन् ’