चन्द्रकान्त जोशी
मङ्गलबार, २५ कार्तिक २०७७ मा प्रकाशित
महेन्द्रनगर
कञ्चनपुरको सदरमुकाम स्थित महेन्द्रनगर बजारमा क्षेत्रमा राजा आउ देश बचाउ भन्दै रयाली प्रदर्शन गरिएको छ । देशमा विभिन्न राजनितिक दलले गर्दा देशमा संकट छाएको भन्दै राप्रपा जिल्ला समितिको आयोजनामा मंगलवार दिउँसो बजार क्षेत्रमा राजा आउ देश बचाउ भन्दै प्रदर्शन गरिएको हो ।
राष्ट्रवादी युवाहरुले राष्ट्रवादी आन्दोलनको महाकालीबाट सुरु गर्ने अभिप्रायका साथ रयाली प्रदर्शन गरिएको राप्रपा जिल्ला समितिका अध्यक्ष पुर्ण बहादुर चन्दले बताए । उनका अनुसार राष्ट्रवादी शक्ति एक जुट हुनु पर्ने अवस्था आएपछि बजार क्षेत्रको मदनचोक हुँदै बजार क्षेत्रमा प्रदर्शन गरिएको छ ।
राजसस्था सहितको लोकतन्त्र, प्रजातन्त्र तथा हिन्दु राज्य कायम गर भन्ने लगायतका नारा सहित रयाली प्रदर्शन गरिएको छ ।