धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

थन्किएको चार वर्षपछि आइसीयु सञ्चालनमा

थन्किएको चार वर्षपछि आइसीयु सञ्चालनमा

महेन्द्रनगर

  कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित महाकाली अस्पतालमा विगत चार वर्षदेखि थन्किएको आईसियु सञ्चालनमा ल्याइएको अस्पतालमा आवश्यक जनशक्ति नहुँदा अस्पतालमा जडान गरिएको आइसियु चार वर्ष पछि सञ्चालनमा ल्याइएको हो

 आईसियु सञ्चालनमा ल्याइएपछि आइसियुकै कारण रेफर भई अन्यत्र जाने बिारमीलाई भने सहज भएको स्थापनाकालको ५७ वर्षपछि आईसियु सञ्चालन गरेको अस्पतालले अहिले अरु सेवा सुविभा पनि विस्तार गर्दै लगेको तर अस्पतालमा अझै पनि जनशक्ति अभाव हुँदा समस्या भएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए

  “दरबन्दी अनुसार अस्पताललाई २९ जना डाक्टर हुनु पर्ने हो महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, आईसियु सञ्चालन गर्ने भन्ने हाम्रो टिमको प्रतिबद्धता थियो, थोरै जनशक्तिमा पनि आइसियु सञ्चालन गरेका छौ, हुनुपर्ने जनशक्ति अहिले सम्मै अभावै अभाव

 अस्पतालमा अहिले दरबन्दी अनुसार २९ जना डाक्टर मध्ये २३ ओटा डाक्टर रहेको उनले बताए  

 यसैगरी अस्पतालले विग्रेका आवश्यक पर्ने नयाँ उपकरण पनि थपेको बिरामीलाई माहाकाली मै सबै सेवा सुविधा होस् भनेर अस्पतालले अहिले विभिन्न किसिमका सेवालाई थप विस्तार गरेको जनाएको

 “फार्मेसी, आईसियु थाइराइड, अल्ट्रासाउन्ड, श्याम आर मेसिन (हाडजोर्नी सम्वन्धि) सेवा लाई थप विस्तार गरिएको , एम्वुलेन्सको सङ्ख्यालाई पनि दुई ओटा बनाइएको , शव वाहन पनि खरिद गरिएको अध्यक्ष जोशीले भने,

 अस्पतालले विगतमा १२ घण्टा दिने सुविधालाई पनि अहिले २४ घण्टा दिने गरिएको जोशीले बताए

 उपकरण थप्ने क्रम बढे पनि अस्पताललाई उपकरण सञ्चालन गर्नमा भने समस्या ल्याइएको जडान गरिएको मेसिन पनि विशेषज्ञ डाक्टरको अभावले थला पर्ने स्थिती अस्पतालमा अहिले बालरोग विशेषज्ञ, फिजिसियन, डिआर, इन्डोस्कपी, सिटिस्केनको समस्या

 “व्यवस्थापनको पाटो विगतको भन्दा अहिले धेरै सुधार गरिएको अध्यक्ष जोशीले भने, व्यवस्थापन सुधार गरिए पनि आवश्यक विशेषज्ञ डाक्टरको अभाव हुँदा रेफर हुने बिरामीको सङ्ख्यामा कमी आए पनि गुणस्तर रुपले सेवा दिन समस्या भएको

  साढे विगाह क्षेत्रफलमा रहेको महाकाली अस्पतालमा विशेष महत्व जनशत्तिललाई नै दिनु पर्ने जोशीको बुझाई  

  डेढ सय वेडको क्षमता बोकेको अस्पतालमा पहिलेको भन्दा अहिले बिरामीको चाप भने बढेको अस्पतालमा अहिले दैनिक जसो हजार देखि दुई हजारसम्म विरामी उपचार गराउन आउने गरेको अस्पतालले जनाएको

  अस्पतालले  अहिले करार मार्फत जना सुरक्षा गार्ड पनि राखेको यसैगरी डेढ सय वेड क्षमता बोकेको अस्पताललाई आउँदो दिनमा सय वेड थप्ने योजना रहेको अध्यक्ष जोशीले भने  

  यस्तै चिकित्सको आवासका लागि पनि अस्पताल परिसरमै अत्याधुनि भवन सँगै थप एक भवन अत्याधुनिक अस्पतालको लागि पनि निर्माणको प्रक्रिया अघि वढाइएको २०७२ सालमा नेपाल सरकारले महेन्द्रनगर स्थित महाकाली अस्पतालमा आइसियु हस्तान्तरण गरेको आइसियु सञ्चालनमा नआउँदा दिनहुँ जसो बिरामी रिफर भएर अन्यत्र जाने गदर्थे