चन्द्रकान्त जोशी
सोमबार, २४ कार्तिक २०७७ मा प्रकाशित
कञ्चनपुर
कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्नेक्रममा पक्राउ परेका हरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
लुटपाट गर्नेहरुमा वेदकोट नगरपालिका–१ का केदार बिष्ट, वडा नम्वर २ का पारस मणि जोशी र कृष्णपुर नगरपालिका–५ का दिपक भट्ट रहेका छन ।
प्रहरीका अनुसार उनिहरुबाट २ राउण्ड पेस्तोलको गोली सहित म्याग्जीन १ थान, टाईप ५४ जस्तो देखिने म्याग्जिन विनाको पेस्तोल एक थान, स्यामसुङ्ग कम्पनीको जे फाईभ मोवाईल १ थान, सामसुङ्ग कम्पनीको जे फाईभ प्रो मोवाईल १ थान र २ वटा मोटरसाईकल बरामद गरिएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको उनिहरु माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले बताए ।
प्रहरीका अनुसार पक्रउा परेका ३ जनाले कार्तिक १९ गते राति कञ्चनपुरको वेदकोट नगरपालिका–५ पोलखरी स्थित हरेन्द्र बोहराको घरमा जन्मोत्सव मनाई रहेको अवस्थामा आफूलाई प्रहरी भन्दै हतियार देखाएर नगद सहित मोबाइल सेट लुटपाट गरेका थिए ।
लुटपाट गर्ने समुहमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख मरासिनीले बताए ।