धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

कञ्चनपुर क्यानले खेलाडीलाई प्रशिक्षणमा ल्याउन तयारी थाल्यो, खेल मैदानको मर्मत गरिदैं

कञ्चनपुर क्यानले खेलाडीलाई प्रशिक्षणमा ल्याउन तयारी थाल्यो, खेल मैदानको मर्मत गरिदैं

महेन्द्रनगर

 कञ्चनपुर स्थित जिल्ला क्रिकेट संघ (क्यानले) खेलाडीलाई प्रशिक्षणमा फर्काउने योजनाका साथ आफ्ना कार्यक्रम अघि बढाएको छ ।

 कोरोना संक्रमणका कारण लामो समय सम्म घर भित्रै थुनिएका खेलाडीलाई प्रशिक्षणमा फर्काई खेल गतिविधीलाई अघि बढाउने योजना अनरुप क्वानले क्रिकेट मैदान मर्मत गरिसकेको छ ।

 क्यान कञ्चनपुरले बुधवार देखी शुक्रवार सम्म ३ दिन लगाएर खेलाडीको लागि अभ्यास स्वरुप जिल्ला स्थित कवडहलको खेलमैदानलाई मर्मत गरेको हो । खेलमैदान लामो समयदेखी खेलाडी बिहीन भएका कारण खासे मैदा नबनेका कारण घाँसलाई काट्ने तथा विग्रिएको पिचलाई मर्मत गर्ने कार्य भएको संघ कञ्चपुरले जनाएको छ ।

 क्यान कञ्चनपुरका जिल्ला कार्य समिति अध्यक्ष विरेन्द्र बहादुर चन्दका अनुसार कडवहलमा निर्माण गरिएको क्रिकेट खेल मैदान वरपर बढेको झाडी र घाँस सफाई गरिएको छ । घाँस सफागर्न धनगढी देखि घाँस कटर मेसिन ल्याइएको अध्यक्ष चन्दले बताए ।

मैदानको घाँस सफा गरेर चिटिक्क बनाएका छौं अध्यक्ष चन्दले भने–‘अव खेलाडीलाई प्रशिक्षणमा फर्काउने तयारीमा जुट्ने छौं । कोरोना माहामारीका कारण खेल गतिविधी सञ्चालन नहुँदा खेलाडिको मनोबल कम्जोर बन्नथालेपछि उनिहरुलाई दैनिक अभ्यासमा फर्काउने तयारी गरिएको उनले बताए ।

 अध्यक्ष चन्दका अनुसार मर्मत गरिएको खेल मैदानमा स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट खेलाडिले अभ्यास गर्नेछन् । बिहानको समयमा दैनिक ३ घण्टा अभ्यास हुनेछ भने करिब ४ घण्टा सम्म खेलाडिले अभ्यासमा लगाइने अध्यक्ष चन्दले बताए ।

  कंञ्चनपुरमा २ दर्जन बढी अन्तराष्ट्रिय क्रिकेटमा सहभागि भइसकेका खेलाडि रहेका छन् । जसका कारण अभ्यासको क्रममा सिनियर र जुनियर खेलाडीलाई छुट्टाछुट्टै अभ्यास गराइने जनाइएको छ ।

 अभ्यासमा कोरोना संक्रमणको जोखिमलाई ख्याल गर्दै स्वास्थ्यको मापदण्ड अनुसार सक्दो सामाजिक दुरी कायम गरेर खेलाडिलाई  अभ्यास गराइने संघले जनाएको छ ।