धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सस्तोमा धान बेच्दै किसान

सस्तोमा धान  बेच्दै किसान

धनगढी

 सरकारले धानको मुल्य तोकेर किसानबाट धान खरिद सुरु गर्दा अधिकांस किसान सरकारी मुल्य भन्दा न्यून मुल्यमा निजी उद्योगि व्यवसायीलाई धान बेच्न बाध्य भएका छन् ।

 धान खरिद गर्ने खाद्य संस्थान कोटा पु¥याउन चाहन्छ । जसका लागि दिनमा निश्चिम संख्यामा किसानका नाम दर्ता गराउँदै उसले धान खरिद गर्ने गरेको पाइएको छ । तर किसानलाई बर्सादमा फलाएको अन्न बेचेर हिउँदे बाली लगाउनु पर्ने चटारो छ । किसानहरु खाद्य संस्थानको पालो पर्खेर बस्न सक्ने अवस्थामा छैनन् । किनकी अ  गुहु छर्न ढिलाई हुँदैछ ।

  धान वेचेर आएको पैशाबाट मल खाद किन्ने अनि खेत जोत्नु पर्दछ कैलालीको भजनी नगरपालिका८ लालबोझिका किसान दिनेश डगौराले भने–‘ खाद्य संस्थानको पालो पर्खदा गहुँ छर्न ढिलो हने भएपछि यहाँका किसान सस्तोमा धान वेचेर हिउँदे वाली लगाउने तयारीमा छन् ।

 खाद्य संस्थानले एक दिनमा ५७ जना किसानको मात्रै धान खरिद गर्ने गरेको उनको आरोप छ ।

 कञ्चनपुरका किसानको पनि खाद्य संस्थानको कोटा सिस्टमले समस्यामा पारेको गुनासो छ । जिल्लाको लालझाडी गाउँपालिका१ का चुट्कन रानाले खाद्य संस्थानलाई निक्कै कम किसानले धान वेच्ने गरेको बताए ।

  गाउँका धेरै किसान कैलालीको धनगढी आएर निजी उद्योगी तथा व्यवसायीलाई धामधन धान वेचिरहेका छन् रानाले भने–‘खाद्य संस्थानलाई पर्खेर बसे त गहुखेती नै हुँदैन । उनले किसानको धान सस्तोमा किन्न गाउँगाउँमा व्यापारी पुग्ने गरेको बताए ।

 खाद्य संस्थानाले धानको सर्मथन मुल्य कायम गर्दै मोटो धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मुलय प्रतिक्वीन्टल २ हजार ८ सय ८५ तोकेको थियो ।

 तर कैलालीका निजी उद्योगि तथा व्यवसायीले भने किसानबाट दुई हजार २ सय ५० मा धान खरिद गरिरहेका छन् ।

 सरकारले मुल्य तोकेर सरकारले नै धान किनिदिने भनेको छ कैलालीको अत्तरियामा अग्रज किसान मदन भट्टले भने–‘तर पनि किसान सस्तोमा धान वेचिरहेका छन्, यो उनिहरुको रहर नभई बाध्यता हो । उनले सरकारलाई कोटा तोक्न भन्दा उत्पादित सवै धान खरिद गर्न आग्रह गरे ।

 खाद्य संस्थान धनगढीका प्रमुख अनिल श्रेष्ठ सरकारले गरेको निर्णय आफुहरुले कार्यान्वयन गरेको बताउँछन् । कैलालीका लागि ६५ सय क्वीन्टल धान क्न्निे स्वीकृति छ उनले भने–‘संस्थानले त्यसै अनुसार धान खरिद गरिरहेको छ, कोटा भन्दा बढी किन्ने निर्णय भए हामी त्यसै गर्नेछौं ।

 कैलालीका ४ वटा स्थान (धनगढी, टिकापुर, जोशीपुर र भजनी) मा खरिद केन्द्र स्थापना गरेर किसानको धान किन्ने व्यवस्था गरिएको भएपनि कर्मचारी अभावका कारण खरिदमा केही ढिलाई हनेगरेको संस्थानका धनगढी प्रमुख श्रेष्ठले बताए । कैलालीमा बुधबार सम्म १ हजार क्वीन्टल धान खरिद भइसकेको उनले बताए ।